शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

दुर्व्यसनको अखडा बन्दै वीरेन्द्रनगर

आइतबार, १५ भदौ २०७६, ०६ : ४३
आइतबार, १५ भदौ २०७६

वीरेन्द्रनगर लागुऔषध कारोबार र प्रयोगकर्ताको अखडा बन्दै गएको छ । लागुऔषध कारोबारीले वीरेन्द्रनगरलाई मुख्य केन्द्र बनाएका छन् ।

भारतीय बजार हुँदै सहजरुपमा भित्रिने भएकाले यहाँ लागुऔषध दुर्व्यसनीको संख्या बढ्दो छ ।

वीरेन्द्रनगरमा अहिले लुकीछिपी लागुऔषध कारोबार र प्रयोग हुने गरेको छ ।

गत आर्थिक वर्षमा मात्र सुर्खेत प्रहरीले १ सय ३८ जनालाई पक्राउ गरेको छ ।

जिल्लामा पक्राउ परेको यो अहिलेसम्मकै धेरै हो ।

प्रहरी तथ्यांकले नै वीरेन्द्रनगर लागुऔषध कारोबारी र प्रयोगकर्ताको अखडा बनेको पुष्टि गर्छ ।

यो समाचार आजको अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप