को–को भारतीयको स्वीस बैङ्कमा खाता छ ? हुँदैछ खुलासा
भारत र स्वीट्जरल्याण्डबीच भएको बैंकिङ सूचना स्वतः आदानप्रदान गर्ने सम्झौता भएपछि आइतबार अर्थात् सेप्टेम्बर १ देखि कोको भारतीयको स्वीस बैङ्कमा खाता छ भन्ने पत्ता लाग्ने भएको छ ।
केन्द्रीय प्रत्यक्ष कार बोर्ड(सीबीडीटी)ले दुई देशीबच भएको सम्झौताले कालोधन विरुद्धको महत्वपूर्ण कदम भएको र स्वीस बैङ्कको गोपनीयता युगको अन्त्य हुने बताएको छ । सीबीडीटीले आयकर विभागका लागि नीति बनाउने गर्छ ।
सूचना आदान–प्रदान हुनुभन्दा पहिले स्वीट्जरल्याण्डका एक प्रतिनिधि मण्डलले अगष्ट २९–३०मा राजस्व सचिव एबी पाण्डे, बोर्डका अध्यक्ष पीसी मोदी र बोर्डका सदस्य अखिलेश रंजनसँग बैठक गरेको सीबीडीटीले जनाएको छ । वित्तीय खाताबारे जानकारी स्वतः आदान–प्रदान (एइओआई)का सुरुवात सेप्टेम्बरदेखि हुँदैछ । अब स्वीट्जरल्याण्डमा भारतीय नानगरिकको २०१८ मा बन्द भएका खाताको पनि जानकारी उपलब्ध हुनेछ ।
स्वीस बैङ्कले जुनमा ५० जना कारोबारकर्ताको नाम सार्वजनिक गरेको थियो
यही वर्ष जुन महिनामा स्वीस सरकारले विदेशी बैङ्कमा कालोधन राख्ने ५० जना भारतीय कारोबारकर्ताको नाम सार्वजनिक गरेको थियो । स्वीस अधिकारीले खातावालालाई आफ्नो मुद्दा प्रस्तुत गर्नका लागि सूचना पठाएको थियो । यसमा सबैभन्दा धेरै कोलकता, मुम्बई, गुजरात र बैंगलोरका थिए । पछिल्लो एक वर्षमा १०० भन्दा बढी भारतीय खातावालाको नाम सार्वजनिक भइसकेको छ ।
स्वीस बैङ्कमा खाता हुनेमा बेलायत शीर्ष स्थानमा
स्वीस बैङ्कमा धेरै रकम राख्नेमा बेलायत सबैभन्दा अगाडि रहेको छ । स्वीस नेसनल बैङ्क(एसएनबी)ले यसै वर्षको जुन महिनामा सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०१८ मा कूल रकमको २६ प्रतिशत भाग बेलायती कारोबारकर्ताको रहेको उल्लेख छ । त्यहाँ रकम राख्ने भारतीय संख्यामा कमी भइरहेको छ । भारत अहिले ७४औं नम्बरमा पर्छ । पछिल्लो वर्ष भारतीयले जम्मा गर्ने रकममा ६ प्रतिशतले कमी आएको छ । गत वर्ष भारत ७३ औं स्थानमा रहेको थियो । स्वीस बैङ्कमा भारतीय नागरिकको हिस्सा ०.०७ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण