खेल जिताएका लुकाकुलाई दर्शकले बाँदर भनेपछि...
एजेन्सी । यसै सिजन इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर इटालियन सिरी ‘ए’ इन्टर मिलान पुगेका बेल्जियममा स्टार स्ट्राईकर रोमेलु लुकाकुले इन्टरमा शानदार प्रदर्शन गरिरहेका छन् । लगातार गोल गरिरहेका लुकाकु खेलबाट सन्तुष्ट भएपनि दर्शकको व्यावहारबाट भने आजित छन् । हरेक खेलमा उनीमाथि रङ्गभेदको दुर्व्यवहार भइरहेको छ ।
लुकाकुले आइतबार राति पनि इन्टरलाई जिताउन महत्त्वपूर्ण योगदान दिए । इन्टरले काग्लियरीलाई २–१ गोलले हराएको खेलमा लुकाकुले निर्णायक गोल गरेका थिए ।
काग्लियरीको घरेलु मैदानमा भएको खेलमा २७ औँ मिनेटमा लउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाए । ५० औँ मिनेटमा काग्लियरीका जोआ पेड्रोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि ७२औं मिनेटमा इन्टरले पेनाल्टी मार्फत् निर्णायक गोल गरेको थियो । पेनाल्टीलाई रोमेलु लुकाकुले सदुपयोग गरे ।
त्यसपछि काग्लियरीका सर्मथकले लुकाकुलाई रङ्गभेदी दुर्व्यवहार गरेका थिए । लुकाकुले पेनाल्टीमा निर्णायक गोल गरेपछि प्यारापिटमा रहेका घरेलु दर्शकले लुकाकुलाई बाँदर भन्दै जिस्क्याएका थिए । रिसले चुर बनेका लुकाकुलाई मैदानमा अन्य साथीले सम्हाल्नु परेको थियो ।
यस घटनापछि युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले लुकाकुमाथि भएको दुर्व्यवहारको छानबिन गरी दोषीलाई कडा कारवाही गर्ने जनाएको छ ।
लिगमा लगातार दोस्रो जित निकालेको इन्टर ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । काग्लियरीले खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण