दाङमा सवारी दुर्घटना, २ जनाको मृत्यु
मङ्गलबार, १७ भदौ २०७६, ११ : ५१
बुटवल । पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही भालुवाङ सडक खण्डको पिपरीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घोराही–१५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही–४ निवासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
लु १९ प ५५०६ र रा ३ प २०६१ को मोटरसाइकल एक आपसमा ठोक्किएलगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।
घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण