नबिल बैंकले ल्यायो सामुहिक व्यक्तिगत दुर्घटना बिमा योजना
काठमाडौं– नबिल बैंकले विगतदेखिनै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बिमा सुविधा प्रदान गर्दै आएको छ । यसको अतिरिक्त बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको छ ।
यो योजना भाद्र १छ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बिमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल बल्लभ पन्त बीच सम्झौता भएको छ ।
यस योजना अन्तर्गत, दैनिक मौज्दात ५ हजार वा सो भन्दा बढि राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्धटना बिमा गरिएको छ । यस योजना अन्तर्गत बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा स्थायी पूर्ण असक्तता भएमा एकमुस्ठ १० लाख बिमा रकम प्रदान गरिनेछ ।
यस योजना अन्तर्गत आफ्नो नेपाली मुद्रा खातामा न्यूनतम ५ हजार मौजदात राख्ने सम्पूर्ण बचत खाता वालाहरुको बिमा स्वत रुपमा १छ भाद्रमा भैसकेको छ । साथै यो योजनामा सामेल भैरहन बचतकर्ताले सधंै ५ हजार वा बढि मौज्दात कायम राख्नुपर्नेछ ।
त्यसैगरी ५ हजार वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनैपनि महिनाको पहिलो कार्य दिनबाट सधंै उक्त मौजदात कायम राखी यस योजनामा सामिल हुन सक्नेछन् ।
नया“ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाता खोली ५ हजार वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामिल हुन सकिनेछ ।
यस योजनामा सामिल हुन कुनै उमेरहद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमित हुन सक्नेछन् । बैंकले प्रदान गरिरहेको समान बिमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नपर्ने हुन्छ तर आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामिल हु“दा लाग्ने बिमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण