राष्ट्र बैंकद्वारा एक अर्ब ५८ करोडको ऋणपत्र जारी, बैंकहरुले आउँदो बिहीबारसम्म दरखास्त दिन सकिने

काठमाडौं– नेपाल राष्ट्र बैंकले आफुसँग भएको विभिन्न कोषबापतको सञ्चित रकम लगानी गर्ने भएको छ । मंगलबार राष्ट्र बैंकले सूचना प्रकाशित गर्दै एक अर्ब ५८ करोड ५६ लाख रुपैयाँ लगानीका लागि बैंकहरुलाई आह्वान गरेको हो ।
बैंकले क, ख र ग वर्गका लागि लगानीको रकम समेत तोकेर शिलबन्दी दरभाउपत्र आह्वान गरेको छ । ‘क’ वर्गका बाणिज्य बैंकहरुका लागि रु एक अर्ब २६ करोड ८६ लाख लगानी रकम छुट्याएको छ भने बैंकले ‘ख’ र ‘ग’ वर्गका लागि क्रमशः २३ करोड ७८ लाख र ७ करोड ९२ लाख व्यवस्थापन गरेको छ ।
बैंकले आगामी बिहिबार भाद्र १९ गते दिनको ३ बजे भित्र आफुले लिन चाहेको रकम र सो रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर शिलबन्दी दरभाउपत्र मार्फत रकम माग गर्न बैंकहरुलाई आह्वान गरेको छ ।
उक्त लगानी मिति २०७६ असोज १ गते देखि २०६६ भदौ ३१ गते सेप्टेम्बर १८, २०१९ देखि सेप्टेम्बर १६, २०२० सम्म १ वर्षका लागी लगानी गर्न चाहेको राष्ट्र बैंकले जनाएको छ । ३६५ दिने मुद्दती निक्षेपमा त्रैमासिक रुपमा व्याज भुक्तानी हुनेगरी लगानी गर्न चाहेको समेत राष्ट्र बैंकद्धारा जारी लगानीपत्रमा बताइएको छ । लगानीका लागि बैंकहरुले शर्तहरु भने पुरा गर्नुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित