गृह प्रवक्तामा सुवेदी, अध्यागमन प्रमुखमा काफ्लेको सरुवा
सोमबार, ३० साउन २०७४, ०७ : ५७
काठमाडौं - केही दिनअघि गृह मन्त्रालयमा सरुवा भएका तीन सहसचिवले जिम्मेवारी पाएका छन् ।
अर्थ मन्त्रालयबाट गृह मन्त्रालय सरुवा गरिएका सह–सचिव रामकृष्ण सुवेदीलाई सवैभन्दा शक्तिशाली मानिने शान्ति सुरक्षा महाशाखाको प्रमुख बनाईएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखबाट सरुवा भएर आएका ईश्वर पौडेललाई कर्मचारी प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिईएको छ ।
त्यसैगरी अर्थ मन्त्रालयबाट गृह पुगेका रमेश केसीलाई बाँकेको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको छ ।
यसअघि शान्ति सुरक्षा महाशाखा प्रमुखको रुपमा रहेका दिपक काफ्लेलाई भने अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति
-
गोविन्द कार्की मुख्यसचिव नियुक्त
-
औषधि आपूर्तिमा भ्रष्टाचार : निजामती कर्मचारी अस्पतालका फर्मासिस्ट र स्टोरकिपरसहित ८ जनाविरुद्ध मुद्दा
-
वैदेशिक रोजगार ऐन संशोधनको तयारी : मेनपावर कम्पनीलाई थप कडाइसहित यस्तो छ नयाँ व्यवस्था
-
सुदूरपश्चिममा बाढी–पहिरोबाट बर्सेनि ठुलाे क्षति, यस वर्ष पूर्वतयारी कति प्रभावकारी ?
-
गत आर्थिक वर्षमा ३,१९६ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण