विद्यालयको विवादमा कांग्रेसद्वारा नगरपालिकामा तालाबन्दी
बुधबार, १८ भदौ २०७६, १५ : ३९
बुटवल । गुल्मी सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यापक नियुक्ति गरिएपछि विवाद उत्पन्न भएको छ ।
गत साउन ९ गतेका दिन विद्यालय ब्यवस्थापन समितिका सीमित व्यक्तिहरुले प्रधानाध्यापक केशरबहादुर थापा विद्यालयमा नभएको अबस्थामा सहायक प्रधानध्यापक युवराज ज्ञवालीलाई प्रधानाध्यापक नियुक्तिको सिफारिस गरेपछि विवाद उत्पन्न भएको हो ।
सोही नियुक्तिको विवादलाई लिएर नेपाली कांग्रेसबाट विजयी भएका जनप्रतिनिधीहरुले रेसुंगा नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बुधवार तालाबन्दी गरेका छन् ।
यसैबीच असन्तुष्ट पक्षको उजुरीपछि रेसुङ्गा नगरपालिकाले नियुक्ति बदर गरि नयाँ प्रधानध्यापक छनौटको प्रकृया अगाडि बढाउन निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण