३.८७ अंकले बढेको बजारमा ४३ करोडको कारोबार
बुधबार, १८ भदौ २०७६, १५ : ५०
काठमाडौं–बुधबार सेयर बजारमा ३.८७ अंकले वृद्धि भएको छ । यस दिन ४३ करोड ६४ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज १ सय ६८ कम्पनी कारोबारमा आए । यस दिन फाइनान्स, उत्पादन तथा प्रशोधन र अन्य समुहमा गिरावट आएको छ भने बाँकी सबै समुहमा बृद्धि छ । सबैभन्दा बढी निर्जिवन बिमा कम्पनी तर्फको बृद्धि छ । यस समुहमा २५.२ प्रतिशतले बृद्धि भएको छ ।
बैंकिङ समुह, होटल समुह, विकास बैंक, जलविद्युत, माइक्रोफाइनानस, जीवन बिमा र म्युचुअल फण्डमा बृद्धि देखिएको छ ।
बजार बढ्दा सबैभन्दा बढी कारोबार माछापुछ्रे बैंकको कारोबार भएको छ । माछापुछ्रे बैंकको ९ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो बढी कारोबार हुनेमा नेपाल बैैक रहेको छ । यस बैंकको २ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण