स्याङ्जामा जीप दुर्घटना अपडेटः ११ महिनाकी बालिकासहित ३ को मृत्यु
बुटवल–पाल्पाको हुँगीबाट स्याङ्जातर्फ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप स्याङ्जाको गल्याङमा बुधबार दुर्घटना हुँदा एक ११ महिने बालिकासहित ३ जनाको मृत्यु भएको छ । यस्तै २५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गल्याङ प्रहरी चौकीका इन्सपेक्टर निरञ्जन घिमिरेका अनुसारमृतक मध्ये एक जनाको नाम खुलेको छ भने अन्यको नाम ठेगाना खुल्न नसकेको छैन।मृतक ११ महिनाकी बालिका पनसन परियारको मृत्यु सनाखत भएको हो ।
जीपमा सवार २८ जनामध्ये बालिकाको घटनास्थलमै र अन्यको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचारको क्रममा मृत्यु भएको हो ।
घाइतेहरुको लुम्बिनी मेडिकल कलेल प्रवास र युनाईटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । यस्तै केहीलाई भने गल्याङ सामुदायिक अस्पतालमा सामान्य उपचार पछि घर पठाइएको गल्याङ प्रहरी चौकीका ईन्सपेक्टर घिमिरेले जानकारी दिए ।
पाल्पाबाट जाँदै गरेको जिप गल्याङ्बाट आएको जिपलाई साइड दिने क्रममा सडकबाट ३ सय मिटर तल खसेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण