कृषिमन्त्री चक्रपाणि खनाललाई डेंगु संक्रमण देखियो
बिहीबार, १९ भदौ २०७६, १२ : ३७
१
काठमाडौं–कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’लाई डेंगुको संक्रमण देखिएको छ । कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले मन्त्रीमा डेंगुको संक्रमण देखिएको जानकारी दिए ।
उनको अहिले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । ३ दिनदेखि ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनमा डेंगुको संक्रमण भएको पाइएको हो ।
५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको विभिन्न सहरमा देखिएको छ । अहिलेसम्म ५ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।
अझै २ महिनासम्म डेङ्गु संक्रमण नरोकिने चिकित्सकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण