एनओसीको निर्वाचन स्थगित
एजेन्सी – शुक्रबारका लागि तय भएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन स्थगित गरिएको छ । निर्वाचन नगर्न गत मंगलबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेका कारण एनओसीको निर्वाचन तत्कालका लागि स्थगित गरिएको हो । राष्ट्रिय मान्यता प्राप्त एनओसीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै गत आइतबार रिट दायर गरेका थिए ।
उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो । चित्रकारले सरोकारवाला १२ जना व्यक्ति र संस्थालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।
सर्वोच्चले निवेदनको गाम्भीर्यता हेर्दा दुवै पक्ष राखेर छलफल गरी उचित निष्कर्षमा पुग्नु भन्दै भदौ २२ गतेको पेसी तोकेको छ । एनओसी निर्वाचन समितिका संयोजक लोकभक्त राणा र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले बिहिबार विज्ञप्ती जारी गर्दै अदालतको आदेश बमोजित निर्वाचन स्थगित गरिएको जनाएका छन् ।
एनओसीको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले उम्मद्वारी दिएका छन् ।
कोषाध्यक्षमा रतन टन्डन र उपमहासचिवमा पीताम्बर तिमल्सिना निर्विरोध निर्वाचित भइ सकेका छन् । एनओसीमा पाँच उपाध्यक्ष पदका लागि आठ, एक महासचिवका लागि दुई, तीन सचिवका लागि चार र सात सदस्यका लागि आठ जनाको उम्मेद्वारी परेको छ । एनओसीको १९ सदस्यीय कार्यसमितिका लागि २७ संघका प्रतिनिधि मध्ये २६ जनाले उम्मेद्वारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण