एसिड आक्रमणमा घाइते छात्राको उपचारका लागि सांसद यादवद्वारा ५० हजार रुपैयाँ सहयोग
वीरगञ्ज । एसिड प्र्रहारबाट घाइते भएकी छात्राको उपचारका लागी संघीय सांसद प्रदीप यादवले ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छप्कैया–२ निवासी १५ बर्षीय मुस्कान खातुन माथि दुई जना युवाहरुले एसिड प्रहार गरी घाइते बनाएका थिए ।
तत्कालै उनको उपचारका लागी नारायणी अस्पतालमा लगिएपनि अवस्था गम्भीर भएकोले थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको हो ।
नारायणी अस्पतालमा पुगेर सांसद यादवका स्वकीय सचिव निखिल वर्णवालले पीडित छात्राको परिवारलाई नगद ५० हजार हस्तान्तरण गरेका थिए ।
काठमाडौँमा हुने उनको उपचार सांसद यादवकै पहलमा हुनेछ । छात्राको एसिड प्रहारबाट मुख, हात, छाती पाखुरामा गम्भीर घाउ भएको छ ।
घटनामा संलग्न छपकैया निवासी सम्साद मियालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनामा संलग्न माजिद आलमलाई प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
सांसद यादवले छात्रामाथी भएको घटना दुख्द भएको र घटनामा संलग्नहरुमाथि ज्यान मार्ने मुद्दा चलाई आवश्यक कार्यवाही गर्न सिडिओ र एसपीलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
