आखिर किन तालु खुइले भए राकेश रोशन ? यस्तो छ रोचक कहानी
बलिउडका चर्चित निर्देशक राकेश रोशनको आज जन्मदिन हो । राकेश रोशन भन्ने बित्तिकै उनको कपाल नभएको चिल्लो टाउको याद आइहाल्छ । हामीलाई उनलाई निकै अघिदेखि कपाल बिना नै देखिरहेका छौं । तर के तपाईंलाई उनी पहिलो पटक कहिले तालु खुइले भएका थिए भन्ने थाहा छ ? धेरै व्यक्तिको उमेर बढेसँगै कपाल झर्छ तर उनको हकमा यो लागू भएको होइन ।
वास्तवमा राकेश तालु खुइले हुनुका कारण निकै रोचक छ । सन् १९८७ मा राकेशले निर्देशकको रुपमा आफ्नो पहिलो फिल्म ‘खुदगर्ज’ बनाएका थिए । यो फिल्मको रिलिज अघि रोकशले तिरुपती बालाजी गएर फिल्मको सफलताको लागि प्रार्थना गरेका थिए । राकेशले यदि उनको फिल्म सफल भए जिन्दगीभर तालुखुइले हुने बाचा पनि गरेका थिए । सन् १९८७ मा जुलाई ३१ मा रिलिज भएको उनको फिल्म खुदगर्ज बक्स अफिसमा सुपरहिट रह्यो । तर राकेशले फिल्म सफल भएपछि पनि आफ्नो वचन पूरा गरेनन् ।
राकेशकी श्रीमतीलाई उनको यो बाचाबारे सबै थाहा थियो र पिंकीले नै राकेशलाई बचन पूरा गर्न लगाइन् । धेरै समयपछि राकेश रोशनले उनको कुरा माने र तालु हुने निर्णय गरे । यसैबीच उनको दोस्रो फिल्म ‘खून भरी मांग’ आयो । फिल्म रिलिज हुनु अघि नै राकेश तालु खुइले भए । यतिमात्र होइन, उनले जीवनभर तालु खुइले हुने कसम नै खाए ।
अहिलेसम्म राकेशले थुप्रै हिट फिल्म बनाएका छन् र अहिले उनी छोरा ऋतिक रोशनसँग मिलेर कृष फ्रेन्चाइजीको चौथो फिल्म ‘कृष ४’ मा काम गरिरहेका छन् । फिल्मको स्क्रिप्ट पूरा हुने तयारीमा छ र यसको सुटिङ सन् २०२० मा सुरु हुनेछ । राकेशले केही समय अघि मात्र क्यान्सरको उपचार गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण