धनुषामा बस दुर्घटना, ६ घाइते
शनिबार, २१ भदौ २०७६, १३ : १०
जनकपुर-धनुषाको दक्षिणी क्षेत्रमा पर्ने नगराइन नगरपालिका वडा नम्बर २ को शुभम ईटा उद्योग नजिकै बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते मध्य जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का अन्दाजी ३० वर्षीय संजय पूरीकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
त्यस्तै महोत्तरीका २० वर्षीय कृष्णा कुमार यादव, अरमाना खातून, राकेश लाल कर्ण, चरित्र यादव, मरनी देवी मंडल र जनकपुरधाम वडा नम्बर १८ की २५ वर्षीया अरमाना खातून घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।
जनकपुर देखि जटही जाँदै गरेको ना ७ ख ७९७८ बस अनियन्त्रित भई दुघर्टना भएको जिप्रका धनुषाले जनाएको छ ।
बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकाे प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
-
प्रहरीको तलब प्रत्येक १५ दिनमा
-
उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको ठहर, देशव्यापी भण्डाफोर गर्ने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण