आईसीसी महिला फोरम संयोजकमा जुनु गुरुङ्गको उम्मेदवारी
सोल–गैरआवासीय नेपाली संघ (एनआरएनए) को यही अक्टोबर १५ देखि १७ सम्म काठमाडौँ हुने विश्व सम्मेलनमा एसिया प्यासिफिक महिला फोरम संयोजक जुनु गुरुङ्गले पनि उम्मेदवारी दिने भएकी छिन् ।
उनले आईसीसी महिला फोरम संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
लामो समयदेखि दक्षिण कोरियामा रहेर व्यवसायमा संलग्न जुनु गुरुङ्ग ‘वुमन फर वुमन’ दक्षिण कोरियाकी पूर्वअध्यक्ष हुन् । यस्तै उनी दक्षिण कोरिया सरकारले प्रदान गर्ने मानार्थ सिटिजनसिपबाट सम्मानित महिला हुन् ।
गुरुङ्गले एसिया प्यासिफिक क्षेत्र र मध्यपूर्वका मजदुर तथा महिलाहरुको दर्दनाक अवस्थाको न्यूनीकरणका लागि पहल गर्ने बताएकी छिन् ।
महिलाका आवाजलाई शसक्त रुपमा उठाई उनीहरुको आर्थिक तथा व्यवसायिक पाटोलाई सक्षम बनाउन प्रयास गर्ने बताउँदै उनले सबैतिर छरिएर रहेका महिलाहरुको संञ्जाललाई अझ बिस्तार गरि फराकिलो बनाउने प्रतिबद्धता जनाइन् । एनआरएनएलाई अझ गतिशिल र सबैको अपनवत्व हुने गरी सबै क्षेत्रको प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्नेमा उनको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण