दीपक मनाङ्गे निर्माता रहेको ‘पोई पर्यो काले’ को यस्तो छ शीर्ष गीत
काठमाडौं –शिशिर राणाको निर्देशन रहेको फिल्म ‘पोइ पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना सहित शीर्ष गीत ‘पोई पर्यो काले’ सार्वजनिक गरेको हो ।
लोक शैलीमा तयार भएको गीतमा थुप्रै कोरस समेत प्रयोग गरिएको छ ।
गीतमा अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतको नृत्य देख्न सकिन्छ । भब्य सेटका बीच छायाँकन भएको यो गीत बालाजुको नेपाल चलचित्र विकास कम्पनीको प्राङ्गणमा खिचिएको हो । जसको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।
निर्देशक राणाकै लेखन रहेको फिल्म किरण नेपालीको प्रस्तुतिमा राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानीमा बनेको हो । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । यस फिल्मको मूल कथा अभिनेता सौगातको वरिपरि घुमेको छ ।

रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायाँकन रहेको गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर र नृपेश उप्रेतीको शब्द रहेको गीत बुढासुब्बा म्युजिकको युट्युव मार्फत सार्वजनिक भएको हो ।
फिल्म भने ८ कार्तिकबाट प्रदर्शनमा आउने निर्माण युनिटले जानकारी दियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण