चौथो टेस्टमा अष्ट्रेलियाको फराकिलो जित
एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाले इङल्यान्डलाई एक सय ८५ रनले हराएको छ । फराकिलो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ ।
इङ्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा एक सय ९७ रनमा अलआउट भयो । इङल्यान्डका लागि ओपनर जो डेनलीले ५३, जस बटलरले ३४ जेसन रोयले ३१ र जोनी बेयरस्टो २५ रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्सले चार विकेट लिए । जोसन हेजलवुड र नाथन लायनले दुई दुई विकेट लिए । मिचेल स्टार्कले एक विकेट झारे ।
स्टिम स्मिथले तीन सय १९ बलमा २४ चौका र दुई छक्का सहित दुई सय ११ रनको दोहोरो शतक प्रहार गरेपछि अष्ट्रेलियाले पहिलो इनिङ्समा आठ विकेटको क्षतिमा चार सय ९७ रन बनाउँदै इनिङ्स समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङ्समा इङ्ल्यान्ड तीन सय १ रनमा अलआउट भएपछि एक सय ९६ रनले पछि परेको थियो ।
पहिलो इनिङमा इङल्यान्डका स्मिथले ८२ रन, रोय ब्रुन्सले ८१ र कप्तान जोय रुट ७१ रन जोड्नु बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन् । अष्ट्रेलियाका जोश हेजलवुडले चार विकेट लिएका थिए । मिचेल स्टार्क र प्याट कमिन्सले तीन तीन विकेट लिए ।
अष्ट्रेलियाले एक सय ८६ रनमा ६ विकेटको क्षतिमा दोस्रो इनिङ्सको समाप्ती गर्दै इङ्ल्यान्डलाई तीन सय ८३ रनको लक्ष्य दिएको थियो । पहिलो खेल अष्ट्रेलियाले जितेको थियो । दोस्रो खेल ड्र भएको थियो । तेस्रो खेलमा इङ्ल्यान्डले जितेको थियो । अब अन्तिम तथा पाँचौ टेस्ट १२ सेप्टेम्बर देखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण