सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण
सोमबार, २३ भदौ २०७६, १३ : ४९
काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं. ३ धादिङ स्थित धार्के गाउँपालिका, वडा नं. ५ मा सन्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ ।
उक्त आर्थिक सहयोगले फाउण्डेशनद्वारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन कार्यक्रमअन्तर्गत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आईरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकका महाप्रबन्धक अपुर्व प्रसाद जोशीले प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गा दत्त घिमिरेलाई ५० हजारको चेक हस्तान्तरण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण