एसिड आक्रमणबाट पीडित मुस्कानको उपचार खर्च सरकारले बेहोर्ने
काठमाडौँ– एसिड आक्रमणबाट पीडित वीरगञ्जकी बालिका मुस्कान खातुनको उपचार खर्च २ नम्बर प्रदेश सरकारले बेहोर्ने भएको छ ।
२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उपचाररत खातुनलाई सोमवार भेट्दै उपचार खर्च व्यहोर्ने जनाएका हुन् ।
मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्रीले प्रदेश सरकारको तर्फबाट पीडितको उपचार खर्च बेहोर्ने जनाएको सांसद यादवले जानकारी दिए । ‘सम्पुर्ण खर्च मुख्यमन्त्रीज्युले बेहोर्न भनिसक्नु भएको छ । खर्चको अभावमा उपचार प्रभावित हुनुहुदैन’, मुख्यमन्त्रीलाई उधृत गर्दै सांसद यादवले बताए ।
शुक्रबार विहान करिव वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार भएको थियो । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडानम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् । उनको कीर्तिपुरस्थित नेपाल ‘क्लेफ्ट एन्ड बर्न सेन्टर’को आइसियूमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण