एनआरएनए महिला संयोजकमा मरहट्टाको उम्मेद्वारी
लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको महिला संयोजक पदमा मिडियाकर्मी, एनआरएनए अभियन्ता तथा लन्डन निवासी व्यवसायी संगीता मरहट्टाले उम्मेदवारी दिने घोषणा गरेकी छन् । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने संघको नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा मरहट्टाले आफ्ना भावी योजनासहित औपचारिक रुपमा उम्मेदवारीको घोषणा गरेकी हुन् । मरहट्ठा वर्तमान युरोप क्षेत्रीय महिला उपसंयोजक तथा बीबीसी नेपाली सेवाका पूर्व पत्रकार समेत हुन् ।
संघमा महिलाहरुको सशक्त उपस्थितिलाई बढावा दिँदै नेपाल तथा डायस्पोरामा रहेका महिलाहरुको ज्ञान, सीप र अनुभव समेतलाई समेटेर महिलाहरुको आर्थिक स्वावलम्वन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनए महिला फोरममार्फत विविध योजनाहरु समेटेर आफु अघि बढ्न लागेको मरहट्टाले दाबी गरिन् । मरहट्टाले भनिन्, ‘सञ्चारकर्मी, व्यवसायी तथा विगत एक दशक लामो एनआरएनए संगको संलग्नताको अनुभवका आधारमा महिला संयोजकको भूमिकालाई कूशलताका साथ निर्वाह गर्न सक्नेमा म अत्यन्तै विश्वस्त छु ।’
बीबीसी नेपाली सेवा, लन्डनमा लामो समय काम गरिसकेकी मरहट्टा उच्च शिक्षाका सिलसिलामा १९ बर्षअघि बेलायत आएकी हुन् । पेशाले पत्रकार उनले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो— रेडियो सगरमाथाबाट रेडियो पत्रकारिताको शुरुवात गरेकी हुन् । त्यसअघि उनी छापा पत्रकारितामा संलग्न थिइन् ।
बेलायतको थमसन फाउन्डेशनमा उच्च शिक्षा छात्रवृत्ति अन्तर्गत प्रसारण पत्रकारितामा डिप्लोमा गरेकी मरहट्टाले बेलायतकै प्रतिष्ठित वेष्टमिनिष्टर विश्वविद्यालयबाट पत्रकारितामा मास्टर्स गरेकी छिन् । उनले नेपालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा अंग्रेजी साहित्यमा स्नातक गरेकी छन् ।
लण्डनमा एक सफल व्यवसायीको रुपमा स्थापित मरहट्टाले आफ्नो लेखनलाई पनि निरन्तरता दिइरहेकी छन् । गैरआवासीय नेपाली अभियानमा शुरुदेखि नैं संलग्न रहँदै आएकी मरहट्टा सन् २०११ मा एनआरएनए युकेको कार्यकारी सदस्य तथा महिला संयोजकको भूमिकाबाट औपचारिक रुपमा संघमा आबद्ध भएकी हुन् । एनआरएनए युकेको महिला संयोजक हुदा उनले एनआरएनए युकेमा पहिलोपटक नारी दिवस मनाउने परम्पराको शुरुवात लगायतका महत्वपूर्ण कामहरु गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण