जर्मनी शीर्ष स्थानमा
नर्दन आयरल्यान्डलाई उसैको मैदानमा २–० गोलले हराउँदै जर्मनी युरो कप छनोट फुटबलमा समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
सोमबार राति भएको समूह ‘सी’ को खेलमा जर्मनीलाई जिताउन मार्सल हाल्सटनबर्गले ४८औं मिनेटमा पहिलो गोल गरेका थिए । सर्ज गनब्रीले दोस्रो हाफको इन्जुरी समयमा गोलगर्दै जर्मनीको जित पक्का बनाए । पहिलो हाफमा औसत प्रदर्शन गरेको आयरल्यान्ड दोस्रो हाफमा कमजोर देखिएको थियो । जितसँगै शीर्ष स्थानमा रहेको जर्मनीले पाँच खेलबाट १२ अंक बनाएको छ । समान १२ अंक बनाएको आयरल्यान्ड गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
यही समूहको अर्को खेलमा नेदरल्यान्डले इस्टोनियालाई ४–० गोलले हरायो । नेदरल्यान्डका लागि रायन बाबेलले १७औं र ४८औं मिनेटमा दुई गोल गरे । मेम्फिस डिपाएले ७६औं जर्जिनियो विज्नाल्डमले ८७औं मिनेटमा एक एक गोल गरेका थिए । जितसँगै नौ अंक बनाएको नेदरल्यान्ड तेस्रो स्थानमा छ । इस्टोनियाले खाता खोल्न सकेको छैन । समूहमा तीन अंक बनाएको बेलारुस चौथो स्थानमा छ ।
यसैगरी युरो कप छनोट अन्तर्गत समूह ‘ई’ को स्लोभाकियाले हंगेरीलाई २–१ गोलले हराएको छ । यही समूहको अर्को खेलमा क्रोएसिया र अजरबैजानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूहको शीर्ष स्थानमा रहेको क्रोएसियाले १० अंक बनाएको छ दोस्रो स्थानमा रहेको स्लोभाकिया र तेस्रो स्थानमा हरेको हंगेरीको समान नौ अंक छ । वेल्स ६ अंक सहित तेस्रो स्थानमा छ । उक अंकमा सिमति अजरबैजान अन्तिममा छ ।
समूह ‘जी’ को खेलमा नर्थ म्यासेडोनियाले लात्भियालाई २–० र स्लोभेनियाले इजरायललाई ३–२ गोलले हरायो । पोल्यान्ड र अष्ट्रियाले गोलरहित बराबरी खेल्दै अंक बाँडे । समूहमा ६ खेलबाट १३ अंक बनाएको पोल्यान्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको स्लोभेनियाको ११ र तेस्रो स्थानमा रहेको अष्ट्रियाको १० अंक छ । चौथौ र पाँचौं स्थानमा रहेको नर्थ म्यासेडोनिया र इजरायलको समान आठ अंक छ । लात्भिया अंक विहिन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण