हेटौंडामा नेकपा (माओवादी केन्द्र)को कार्यालय स्थापना

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरले बिहीबार साविककै भवनबाट पार्टी कार्यालय सञ्चालन गरेको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा कायम गरिदिएपछि माओवादी केन्द्र मकवानपुरले पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।
हेटौंडा–४ स्थित साविककै भवनमा माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरेको हो । पार्टी एकताअघि पनि माओवादी केन्द्रको कार्यालय सोही भवनमा थियो । माओवादी केन्द्र मकवानपुरका नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बोर्ड राखेका छन् ।
पार्टी कार्यालय सञ्चालनमा आएसँगै अब नेकपा माओवादी केन्द्र, मकवानपुरको नियमित काम कारबाही सोही कार्यालयबाट सुचारु हुने जनाइएको छ ।
यसअघि नेकपा एमालेले हेटौँडा–५ पुष्पलाल पार्क नजिकै रहेको नेकपा एमालेको पार्टी कार्यालयबाट नेकपाको नियमित काम कारबाही सञ्चालन थालेको थियो ।
अदालतको फैसला लगतै सोमबार नेकपा एमालेका नेता तथा कार्यकर्ताले पुष्पलाल पार्क नजिकैको कार्यालयबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका थिए । सो भवनमा यसअघि नेकपा कार्यालय थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल
-
स्याङजामा स्कुटर ट्रकसँग ठोकियो, युवतीको मृत्यु
-
डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल
-
सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल
-
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
-
सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा