डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुन्छ : मन्त्री दाहाल
सारांश
- भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा इन्जिनियरिङ काउन्सिल छिट्टै गठन हुने बताए। काउन्सिल गठनको प्रक्रिया सुरु भइसकेको छ।
- मन्त्री दाहालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा जोड दिँदै प्लास्टिकको प्रयोगलाई निरुत्साहित गरिने बताए।
- कार्यक्रममा इन्जिनियरिङ क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरियो। कार्यक्रम सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा इन्जिनियरिङ काउन्सिल छिट्टै गठन हुने बताएका छन् । डिप्लोमा इन्जिनियर्स एसोसिएसनको ४५ औँ वार्षिकोत्सव एवम् विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यशालामा उनले काउन्सिल गठनको प्रक्रिया समेत सुरु भइसकेको बताए ।
कार्यक्रममा मन्त्री दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबै पक्ष लाग्नुपर्ने बताए । प्लास्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक रहेको उल्लेख गर्दै उनले विकल्पहरूको विकास गरी यसको प्रयोगलाई निरुत्साहित गरिने पनि उल्लेख गरे ।
सबै स्थानीय तह, प्रदेश एवम् सङ्घीय सरकारले नागरिकको सहभागितामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नुपर्नेमा उनको जोड थियो । जलवायु परिवर्तन, प्लास्टिक तथा विश्व वातावरणको विषयमा कार्यशालाको आयोजना गरिएको थियो ।
कार्यक्रममा इन्जिनियरिङ क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्य एवम् एसोसिएसनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण