शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा

शुक्रबार, २३ जेठ २०८२, १२ : २६
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • गृहमन्त्री रमेश लेखक सप्तरीमा बेपत्ता भएका दुई गोताखोरको घटनाबारे जानकारी लिन सशस्त्र प्रहरी बल मुख्यालय पुगे।
  • सशस्त्र प्रहरीका अधिकारीहरूले घटना र उद्धार कार्यबारे विस्तृत जानकारी गराए, जसमा गोताखोरको संख्या र तालिमबारे उल्लेख थियो।
  • मन्त्री लेखकले घटनाप्रति दुख व्यक्त गर्दै उद्धारमा खटिने जनशक्तिको जीवन बिमाको लागि मन्त्रालयले थप काम गर्ने बताए।

काठमाडौँ । गृहमन्त्री रमेश लेखक सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् । लेखकलाई निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए । 

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुबेदीले बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा  गोताखोरको सङ्ख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।  

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक  नेत्र कार्कीले  पनि भर्चुअल माध्यमबाट घटना बारे जानकारी गराएका थिए । 

मन्त्री लेखकले घटनाप्रति दुख व्यक्त गर्दै खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप