सप्तरी घटनाबारे जानकारी लिन गृहमन्त्री लेखक सशस्त्र प्रहरी मुख्यालयमा
सारांश
- गृहमन्त्री रमेश लेखक सप्तरीमा बेपत्ता भएका दुई गोताखोरको घटनाबारे जानकारी लिन सशस्त्र प्रहरी बल मुख्यालय पुगे।
- सशस्त्र प्रहरीका अधिकारीहरूले घटना र उद्धार कार्यबारे विस्तृत जानकारी गराए, जसमा गोताखोरको संख्या र तालिमबारे उल्लेख थियो।
- मन्त्री लेखकले घटनाप्रति दुख व्यक्त गर्दै उद्धारमा खटिने जनशक्तिको जीवन बिमाको लागि मन्त्रालयले थप काम गर्ने बताए।
काठमाडौँ । गृहमन्त्री रमेश लेखक सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे जानकारी लिन सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् । लेखकलाई निमित्त सङ्गठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगबिजय सुबेदीले बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको सङ्ख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटना बारे जानकारी गराएका थिए ।
मन्त्री लेखकले घटनाप्रति दुख व्यक्त गर्दै खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण