नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्षमा ३ जनाको उम्मेदवारी
मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आगामी चैत २५ गते हुने नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लासहितको निर्वाचनमा प्रदेशको नेतृत्वका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
अध्यक्ष पदका मकवानपुरका गिरिजा प्रसाद अधिकारी, नुवाकोटका शिव देवकोटा र चितवनका हरिप्रसाद पोखरेलले उम्मेदवारी दिएका हुन् । नेपाल प्रेस युनियन, प्रेस संगठनको गठबन्धनका तर्फबाट देवकोटा, प्रेस चौतारीका तर्फबाट पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् भने मकवानपुरका अधिकारीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी उपाध्यक्ष पुरुष तर्फ ३ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदका लागि गठबन्धनका तर्फबाट रुपेश दुलाल, चौतारीका तर्फबाट हरिप्रसाद हुमागाइँ र नवराज छत्कुली उम्मेदवारी दिएका हुन् । महिला उपाध्यक्षतर्फ भने गठबन्धनका तर्फबाट नानीमैया कार्की सम्झना र चौतारीको तर्फबाट संगीता आचार्यको उम्मेदवारी दर्ता भएको छ ।
महासचिव पदका लागि केशव अधिकारी र कृष्णसारु मगरले उम्मेदवारी दिएका छन् भने सचिव पदमा दयाराम दाहाल र युवराज पुरीले उम्मेदवारी दिएका छन् । सचिव समावेशीतर्फ जीवन लामा र राजन वि.क, कोषाध्यक्षतर्फ रमेश ढुंगेल र रामचन्द्र नेपालले उम्मेदवारी दर्ता गराएका छन् ।
खुल्ला सदस्यतर्फ कृष्णप्रसाद ढुंगाना, गोपी न्यौपाने, जीवन कुंवर, प्रकाश सिग्देल, प्रेमप्रसाद पौडेल, रामहरि गजुरेल, लक्ष्मण घिमिरे, स्यामप्रसाद खतिवडा, सन्तोष भुजेल, सुजन बिडारी र सुदिप शिवाकोटीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै सदस्य (महिलातर्फ) अञ्जु तामाङ, सविता न्यौपाने, सविता श्रेष्ठ, सम्झना हुमागाइँ, ज्ञानु श्रेष्ठ र सदस्य दलिततर्फ केशव नेपाली र प्रकाश सुन्दासले उम्मेदवारी दिएका छन् । सदस्य (अल्पसंख्यक) मा भने निराशी थामीको मात्रै उम्मेदवारी दर्ता भएको नेपाल पत्रकार महासंघ बागमती प्रदेश निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले प्रदेशका १० जिल्लाको मतदाताहरूको नामावलीसमेत प्रकाशन गरेको छ । आगामी २५ गते हुने महासंघको प्रत्यक्ष निर्वाचनमा काठमाडौं उपत्यका बाहेकका बागमती प्रदेशका १० जिल्लामा १ हजार ३ सय १२ जना मतादाताहरु निर्वाचनमा भाग लिने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जन्ते बाख्रो’बाट फर्किएका आशिफ भन्छन् – मेरो क्यारेक्टरजस्तै छ फिल्म
-
पौडी खेल्ने क्रममा बालिकाको मृत्यु
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
कर्णालीको नीति तथा कार्यक्रम : तुइन विस्थापित गर्नेदेखि स्याउ बोर्ड गठन गर्नेसम्म (पूर्णपाठ)
-
राजावादी समूहको नयाँ रणनीति : राजसंस्था पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन गर्ने
-
अग्नि सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश