शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय
गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम

यस्तो छ गण्डकी प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

बुधबार, २१ जेठ २०८२, १५ : ५८
बुधबार, २१ जेठ २०८२

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ । 

प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई बढी जोड दिएर आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । धेरै कार्यक्रम दोहोरिएका छन् भने केही नयाँ कार्यक्रम समेत समेटिएका छन् । 

आगामी वर्षको नीति तथा कार्यक्रममा सुशासनलाई प्राथमिकता दिइएको छ । मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोशिप कार्यक्रम मार्फत प्रतिभाशाली युवाहरूलाई नीति निर्माण र कार्यान्वयनमा संलग्न गराउने सरकारले जनाएको छ । यस्तै, युवा र विद्यार्थीहरूलाई प्रविधिमा दक्ष बनाउन डिजिटल गण्डकी प्रदेश कार्यक्रमबाट अघि सारिएको छ । 

विगत २ वर्षदेखि सुरु भएको फ्राइडे फर फ्युचर कार्यक्रमलाई निरन्तरता दिइएको छ । एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फार्म, जलवायु अनुकूलन सिँचाइ विशेष कार्यक्रम, घरेलु मदिराको ब्राण्डिङ र गाँजा खेती बैध बनाउनेदेखि एक निर्वाचन क्षेत्र एक नुमना होमस्टे कार्यक्रम पनि समेटिएका छन् । सरकारले आगामी वर्ष मुस्ताङको मुक्तिनाथ पुग्ने मुक्तिमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । 

लुम्बिनीदेखि मुक्तिनाथ हुँदै कैलाश पर्वत जोड्ने गरी यो मार्गको सम्भाव्यता अध्ययन गर्न लागिएको हो । 

मुस्ताङमा उच्च उचाइमा खेल तालिम केन्द्र स्थापनादेखि एक घर, एक धारा कार्यक्रम समेटिएका छन् । गण्डकीले विद्युतीय चुल्हो र सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप