रौतहटमा ट्रक र इभी गाडी ठोक्किँदा २ जनाको मृत्यु, २ घाइते
सारांश
- रौतहटको चन्द्रपुरमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ, जसमा दुई जना घाइते भएका छन्।
- दुर्घटनामा मृत्यु हुनेमा सर्लाहीका एक महिला र एक पुरुष रहेका छन्, भने घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
- प्रहरीले ट्रक र इभी गाडीका चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
रौतहट । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित मंगलपुरमा ट्रक र विद्युतीय (इभी) गाडी एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको सोकोन ब्रान्डको इभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा ठोक्किँदा सर्लाही रामनगर गाउँपालिका–१ खैरवाकी ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले जानकारी दिए।
दुर्घटनामा सोही ठाउँकी १८ वर्षीया रानीकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ बडहर्वाका १९ वर्षीय सरोज ठाकुर घाइते भएका छन्। उनीहरूको चन्द्रपुर अस्पताल प्रा.लि.मा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक डा. सुभाष चौधरीका अनुसार दुबै जनाको अवस्था खतरामुक्त रहेको छ।
घटनापछि ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१३ का ग्यालसेन थोकर र इभी गाडी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार राईले बुधबार जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण