वाईसीएल सम्मेललन
वाईसीएल नेतृत्वबारे खुमलटारमा जुटेन सहमति, भोलि निर्वाचन हुने
बुधबार, २१ जेठ २०८२, १७ : ०३

समाचार सारांश
- वाईसीएलको नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा जाने भएको छ।
- सहमति जुटाउन नेताहरूले प्रयास गरे पनि अध्यक्ष प्रचण्डको निवासमा भएको बैठकले पनि निष्कर्ष निकाल्न सकेन।
- अध्यक्ष पदका लागि केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, नवराज ऐर लगायतका नेताहरूको नाम चर्चामा छ।
काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को सहमतिमा नेतृत्व छनोटमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने भएको छ । सहमतिबाट नै नेतृत्व छनोट गर्न बिहानैदेखि युवा सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले सक्रिय भूमिका खेलेका थिए । तर उनीहरूको प्रयास असफल भएपछि सहमतिका लागि नेताहरू दिउँसो पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका थिए ।
खुमलटारमा बैठकमा समेत सहमति नभएको संयोजक तथा पार्टी उपमहासचिव बस्नेतले जानकारी दिए । ‘सहमति हुने सम्भावना देखिएन । भोलि (बिहीबार) निर्वाचन प्रक्रियामा जान्छ’, उनले भने ।
अध्यक्षका लागि केहरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, नवराज ऐर लगायत रहेका छन् । अहिले बन्द सत्र सुरु भएको ऐरले जानकारी दिए ।