गण्डकीको नीति तथा कार्यक्रम : राइड सेयरिङमा सङ्घलाई चुनौती
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ लागि नीति तथा कार्यक्रम बुधबार संसद्मा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले देशव्यापी आलोचना र समर्थन बटुलेको ‘राइड सेयरिङ’लाई थप प्रवर्द्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम मार्फत सरकारले यातायात व्यवस्थापनलाई आधुनिक बनाउने घोषणा गरेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा राइड सेयरिङलाई प्रभावकारी नियमन र व्यवस्थापन गर्ने उल्लेख छ ।
मङ्गलवार मात्रै सङ्घ सरकारको दबाबमा नियमावली कार्यान्वयन १ महिनालाई थाँती राखेको सरकारले आगामी आर्थिक वर्षमा अझै व्यवस्थित गर्ने जनाएको हो ।
यसले सङ्घकै आदेशलाई चुनौती थपेको छ भने केही समयलाई मत्थर देखिएको विवाद फेरि उचालिने सम्भावना देखिएको छ । प्रदेश सरकारले यातायात क्षेत्रमा केही नयाँपन दिन खोजेको छ ।
सवारी चालक अनुमति पत्र छपाइ प्रदेशबाटै गर्ने र सवारी कर अनलाइन मार्फत भुक्तानीको व्यवस्था गर्ने सरकारी घोषणा छ । अरू प्रदेशमा दर्ता भई गण्डकीमा दर्ता नवीकरण हुन चाहने सवारीलाई सहुलियत दिने गरी प्रदेशभित्र आह्वान गरेको छ ।
गण्डकीले १० सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गर्ने
यस्तै गण्डकी प्रदेश सरकारले यहाँका १० भन्दा बढी सम्पदालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सिफारिस गर्ने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेका सम्पदाहरूलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने बताए ।
यी सम्पदाहरूमा गोरखा दरबार, मनकामना मन्दिर, लिगलिगकोट दरबार, क्होंलासोथर, लमजुङ दरबार, विन्ध्यवासिनी मन्दिर छन् ।
यस्तै, लोमान्थाङ दरबार, मुक्तिनाथ मन्दिर, बागलुङ कालिका, पुर्कोट कालिका लगायतका सम्पदालाई पनि सूचीकृत गर्नका लागि आवश्यक पहल गर्ने भट्टले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
-
महाराजगन्ज दुर्घटना अपडेट: ठक्कर दिने माइक्रो चालकको मृत्यु, ६ जना घाइते (विवरणसहित)
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण