शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

पौडी खेल्ने क्रममा बालिकाको मृत्यु

बुधबार, २१ जेठ २०८२, १७ : ४९
बुधबार, २१ जेठ २०८२

समाचार सारांश

  • सङ्खुवासभाको मादी नगरपालिकामा पौडी खेल्ने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
  • पौडी खेल्ने क्रममा डुबेर अर्की एक बालिका गम्भीर घाइते भएकी छिन्, उनको उपचार भइरहेको छ।
  • प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान गरिरहेको छ।

किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–९ फाविङ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको र एक बालिका गम्भीर घाइते भएकी छन् । 

पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घर भई चैनपुर  नगरपालिका–२  नुनढाकी बस्दै आएकी अन्दाजी १३ वर्षीया समिक्षा लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।   

पौडी खेल्न क्रममा खोलामा डुबेर १३ वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । चैनपुर–२ की दिक्षा राई गम्भीर घाइते भएकी छन् । गम्भीर घाइते दिक्षाको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूको टोली घटना स्थलतर्फ लागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप