नार्पाभूमि र चुमनुब्री सडकः ८ वर्षदेखि नीति तथा कार्यक्रममा छ, बजेटमा छैन
पोखरा । गण्डकी प्रदेश स्थापना भएदेखि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ लेखिने बुँदा हो चुमनुब्री र नार्पाभूमि गाउँपालिकामा सडक पुर्याउने । आगामी आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रममा पनि उक्त कार्यक्रम समेटिएको छ । प्रदेश सरकारले गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणलाई निरन्तरता दिने भनेको छ ।
तर दुवै सडक यसअघि पनि नीति तथा कार्यक्रममा समेटिएर बजेटमा गायब भएको कार्यक्रम हो । यहाँका ८५ पालिकामध्ये यही दुई पालिकाको केन्द्रमा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन ।
विकट भूगोल र खर्चिलो हुने भएकोले प्रदेशको मात्रै स्रोतले यी सडक निर्माण सम्भव छैन । तर प्रदेशले प्रभावकारी रूपमा सडक निर्माणको पहल पनि गर्न सकेको छैन ।
आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश राजमार्ग र प्रादेशिक सडक सञ्जालमा पर्ने एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गरिएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको उक्त कार्यक्रममा मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को त्रिवेणी नाकासम्म पुग्ने सडकको विस्तार तथा स्तरोन्नति गर्ने उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण