शुक्रबार, २३ जेठ २०८२
ताजा लोकप्रिय

नार्पाभूमि र चुमनुब्री सडकः ८ वर्षदेखि नीति तथा कार्यक्रममा छ, बजेटमा छैन

बुधबार, २१ जेठ २०८२, १६ : ४०
बुधबार, २१ जेठ २०८२

पोखरा । गण्डकी प्रदेश स्थापना भएदेखि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ लेखिने बुँदा हो चुमनुब्री र नार्पाभूमि गाउँपालिकामा सडक पुर्‍याउने । आगामी आर्थिक वर्ष २०८२८३ को नीति तथा कार्यक्रममा पनि उक्त कार्यक्रम समेटिएको छ । प्रदेश सरकारले गोरखाको चुमनुब्री र मनाङको नार्पाभूमि गाउँपालिकाको केन्द्र जोड्ने सडक निर्माणलाई निरन्तरता दिने भनेको छ । 

तर दुवै सडक यसअघि पनि नीति तथा कार्यक्रममा समेटिएर बजेटमा गायब भएको कार्यक्रम हो । यहाँका ८५ पालिकामध्ये यही दुई पालिकाको केन्द्रमा अहिलेसम्म सडक सञ्जाल पुगेको छैन ।

विकट भूगोल र खर्चिलो हुने भएकोले प्रदेशको मात्रै स्रोतले यी सडक निर्माण सम्भव छैन । तर प्रदेशले प्रभावकारी रूपमा सडक निर्माणको पहल पनि गर्न सकेको छैन । 

आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश राजमार्ग र प्रादेशिक सडक सञ्जालमा पर्ने एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई प्राथमिकता दिने घोषणा गरिएको छ । 

प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको उक्त कार्यक्रममा मुस्ताङको कोरला, गोरखाको रुइला र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को त्रिवेणी नाकासम्म पुग्ने सडकको विस्तार तथा स्तरोन्नति गर्ने उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप