बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

‘फ्लोर क्रस’ गर्ने सांसद थापा भन्छन्- केपी ओलीलाई धुलो चटाउँछौँ

शुक्रबार, ०३ वैशाख २०७८, १८ : ५१
शुक्रबार, ०३ वैशाख २०७८

सुर्खेत । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।  कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् । 
फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई  धुलो चटाउने बताए । 

उनले पहिला देखिनै ओलीको गतिविधि हेर्दा राम्रो नभएको र अहिले पनि ओलीको पक्षमा आफुहरु नभएको उनले रातोपाटीलाई बताए ।   अब कसरी अघि बढ्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने  अब, संगठन निर्माण गर्ने,  जनताका बीचमा जान, ओलीलाई धुलो चटाउने यही त हो । 

उनी विगत देखिनै मन्त्रीको  चर्चामा रहेका सांसद पनि हुन् ।  उनले आफु संसदीय दलको बैठकमा  गएर सबै ठोस कुराहरु राखिएको बताए । उनले भने, ‘बैठकमा कुरा राखेर  गइयो, फ्लो क्रस गरियो ।’  उनले भने पार्टी आधिकारीक रुपमा दुई नभएपनि  व्यवहारिक रुपमा  दुई भएको छ । 

केन्द्रमा माधव नेपाललाई ओलीले कारबाही गरेपछि हामीले हामी पनि आफ्नो निर्णय गर्न सक्छौँ,’ उनले भने, ‘कारबाहीको कुनै डर छैन् ।’ यस्तै ‘फ्लोर क्रस’  गर्नेमा  प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढा छन् ।

योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप