‘फ्लोर क्रस’ गर्ने सांसद थापा भन्छन्- केपी ओलीलाई धुलो चटाउँछौँ
सुर्खेत । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् । कर्णाली प्रदेशमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका छन् ।
फ्लोर क्रस गरेर राजनीतिको गेम चेञ्ज गर्ने एमाले सांसदहरु मध्यमा सांसद अमरबहादुर थापाले केपी ओलीलाई धुलो चटाउने बताए ।
उनले पहिला देखिनै ओलीको गतिविधि हेर्दा राम्रो नभएको र अहिले पनि ओलीको पक्षमा आफुहरु नभएको उनले रातोपाटीलाई बताए । अब कसरी अघि बढ्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने अब, संगठन निर्माण गर्ने, जनताका बीचमा जान, ओलीलाई धुलो चटाउने यही त हो ।
उनी विगत देखिनै मन्त्रीको चर्चामा रहेका सांसद पनि हुन् । उनले आफु संसदीय दलको बैठकमा गएर सबै ठोस कुराहरु राखिएको बताए । उनले भने, ‘बैठकमा कुरा राखेर गइयो, फ्लो क्रस गरियो ।’ उनले भने पार्टी आधिकारीक रुपमा दुई नभएपनि व्यवहारिक रुपमा दुई भएको छ ।
केन्द्रमा माधव नेपाललाई ओलीले कारबाही गरेपछि हामीले हामी पनि आफ्नो निर्णय गर्न सक्छौँ,’ उनले भने, ‘कारबाहीको कुनै डर छैन् ।’ यस्तै ‘फ्लोर क्रस’ गर्नेमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिं बुढा छन् ।
योसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकारहरूले मनाए धान दिवस
-
संविधान ब्रेल लिपीमा प्रकाशन गरी निःशुल्क वितरण गर्न सरकारका नाममा परमादेश
-
विपद् प्राधिकरणको ‘रेड अलर्ट’, सडक विभागको ‘हाइ अलर्ट’
-
जर्मनीको युवा कल्याण केन्द्रमा गोलीकाण्ड, पाँच जनाको मृत्यु
-
प्रहरीका ३६८ लेखा प्रमुखहरूको सरुवा, काे कहाँ ? (सूचीसहित)
-
प्रचण्डको ब्रिफिङ : तत्कालका लागि वाम एकतामा पूर्णविराम, बालेन सरकारको आयु धेरै छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण