कलाकारहरूले मनाए धान दिवस
सारांश
- देशभर विभिन्न कार्यक्रम गरेर असार १५ अर्थात धान दिवस मनाइएको छ ।
- कलाकारहरूले गोकर्णेश्वर ७ शिवचोक र ललितपुरको सुनाकोठीमा रोपाइँ गर्दै धान दिवस मनाएका छन् ।
- गोकर्णेश्वरमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित रोपाइ उत्सवमा इन्द्रेणी समूहका कलाकारहरूको सहभागिता थियो भने सुनाकोठीमा फिल्म ‘हली’ युनिटले रोपाइँ कार्यक्रम आयोजना गरेको थियो ।
काठमाडौँ । आज असार १५ अर्थात धान दिवस । देशभर विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ । नेपाली कलाकारहरूले पनि धान दिवस मनाएका छन् । कलाकारका छुट्टा छुट्टै टोलीले गोकर्णेश्वर ७ शिवचोक र ललितपुरको सुनाकोठीमा रोपाइँ गर्दै धान दिवस मनाएका छन् ।
गोकर्णेश्वर–७ शिवचोकमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्वारा आयोजित ‘रोपाई उत्सव २०८३’मा चर्चित कलाकारहरूको सहभागितामा धान दिवस मनाइएको छ ।
कार्यक्रममा इन्द्रेणी समूह, गायक कृष्ण कँडेल, बन्द्री पंगेनी, राजु परियार, प्रकाश कटुवाल, सरोज लामिछाने, गायिका सुरु गौतम, नायिका एलिजा गौतम, सांस्कृतिक संस्थानमा महाप्रबन्धक किरणबाबु पुन लगायतको सहभागिता थियो ।
कार्यक्रममा गायक बन्द्री पंगेनीले एक असारे गीत सहित ‘झ्याप्पै’ बोलको गीत गाएर दर्शक झुमाएका थिए भने गायक राजु परियारले पनि लोकगीत गाएर साङ्गीतिक मनोरञ्जन दिलाए । कृष्ण कँडेलले समेत गीत गाएको कार्यक्रममा सांस्कृतिक संस्थानमा महाप्रबन्धक किरणबाबु पुनले धान दिवसको महत्वको विषयमा धारणा राखे ।
त्यस्तै ललितपुरको सुनाकोठीमा भने फिल्म ‘हली’ युनिटले रोपाई कार्यक्रम आयोजना गरेको थियो । अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, सङ्गीतकार बाबुल गिरी, फिल्मका निर्माताद्वय पूजा गुरुङ, जस्मिन श्रेष्ठलगायतको कार्यक्रममा सहभागिता थियो । कार्यक्रममा कलाकारले एक अर्कोलाई हिलो छ्याप्दै रोपाइ पनि गरेका थिए।
फिल्म ‘हलि’ किसानकै कथा भएकाले फिल्मका सम्पूर्ण टिमलाई लिएर रोपाइँ कार्यक्रम आयोजना गरेको निर्माता पूजा गुरुङले बताइन्। कार्यक्रममा फिल्मका कलाकारको साथमा स्थानीयले पनि रोपाई गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण