‘एक्स नाइन’ मा जोडिएलान् त अनमोल ?

काठमाडौंँ । फिल्म ‘एक्स नाइन (लेभल वान) निर्माण हुने भएको छ । निर्देशक मुकुन्द भट्टले यो फिल्म बनाउन लागेका हुन् । भट्टले सामाजिक सञ्जालमार्फत फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको जानकारी दिएका हुन् । फिल्मका लागि कलाकार पुष्प खड्का, सौगात मल्ल र निश्चल बस्नेत पनि छनोट भएको बुझिएको छ ।
अभिनेता अनमोल केसीलाई पनि फिल्मको अफर गरिएको छ । जसको खुलासा अनमोलले केही दिन अगाडि गरेका थिए । तर फिल्म अभिनय गर्ने नगर्ने भन्ने बिषयमा उनले केही बताएका छैनन् । निर्देशक भट्टले फिल्मको कलाकारसहित सबै पक्षको जानकारी २० वैशाखमा एक कार्यक्रम सहित दिने बताए । सरोज रिजाल कार्यकारी निर्माता रहेको फिल्मको निर्माता यादव प्रसाद पाठक हुन् ।
भट्टले यस अगाडि निर्देशन गरेको फिल्म ‘लप्पन छप्पन २’ प्रदर्शनका लागि तयार रहेको छ । नयाँ वर्षको अवसर पारेर फिल्म गत चैत्र २७ मा प्रदर्शनमा आउने तरखरमा थियो । कोरोनाको कहर बढेपछि फिल्मको रिलिज भने रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु