१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र

काठमाडौँ ।रातोपाटी डटकम वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएको छ–
१. न्यायाधीश नियुक्तिमा अझै अन्योल
सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ । २०८१ कात्तिक ६ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट नृपध्वज निरौला र नित्यानन्द पाण्डे न्यायाधीश नियुक्त भएपछि सर्वोच्च अदालतमा न्यायाधीशको रिक्त दरबन्दी सङ्ख्या चारमा झरेको हो ।
२. उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन
विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरमा दुई दिनसम्म चलेको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा न्यायिक सुधारको माग, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषय, योजना कार्यान्वयन र अनुगमनमा सुधार, औद्योगिक क्षेत्रमा अधिकार विस्तार, सेवा प्रवाहमा सुधार र संघीयताको सुदृढीकरणलगायतका विषय समेटिएको छ ।
३. पार्टीले उपयुक्त समयमा आन्दोलन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खा लागिसकेकाले अब ठुलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् ।
झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठुलो आन्दोलन गर्ने बताए ।
४. संविधान संशोधन बहस
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाले संविधान निर्माणमा आदिवासी जनजातिको मुद्दाको महत्त्वबारे प्रकाश पारेका छन् । शेर्पाले संविधानमा आदिवासी जनजातिले चाहेका अधिकार र तिनको कार्यान्वयनबारे जोड दिए, तर कतिपय मुद्दा कार्यान्वयनमा समस्या रहेको बताए। शेर्पाले जनजाति आन्दोलन कमजोर भएको र यसलाई सशक्त बनाउन समुदाय आफैँ जिम्मेवार हुनुपर्ने विचार व्यक्त गरे।
५. २२ वर्षपछि घर फर्किएपछि...
गुल्मीको इस्मा गाउँपालिका १, हर्पुकोटका २९ वर्षीय बादल कुँवरको कथा सुन्दा जो कोहीको मन छुन्छ। सात वर्षको उमेरमा काठमाडौँबाट बेपत्ता भएका बादल २२ वर्षपछि आफ्नो गुल्मी गाउँ फर्किएका छन्।
६. पतञ्जलि जग्गा प्रकरण
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूले कुनै अनुचित काम नगरेको बताएका छन् । शनिबार काठमाडौँमा पार्टी निकट मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता भएको भन्दै आफूले कुनै अनुचित काम नगरेको बताएका हुन् ।
७. अमेरिकामा नेपाली मृत फेला
झन्डै एक वर्ष अघि अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घर नजिकै चार नेपाली मृत फेला परेपछि नेपाली समुदाय शोकमा डुबेको छ । भर्जिनियाको मानेसास पार्कस्थित एक घरमा दुई बालबालिका, एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
८. भवन बनाउन ३ करोड
सरकारले सत्तारुढ नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन बनाउन तीन करोड विनियोजन गरेको पाइएको छ । काठमाडौँ महानगरपालिका १३ स्थित रवि भवनमा तरुण दलको भवन निर्माणार्थ ‘गणेशमान सिंह स्मृति भवन निर्माण’ शीर्षकमा बजेट विनियोजन गरिएको सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
९. प्रथम नेपाली महिला
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २४ औं एपिसोड रूपकुमारी गुरुङका सम्बन्धमा छ । प्रथम नेपाली महिला स्टाफ नर्स हुन्– रूपकुमारी गुरुङ । ८. उनी ‘डाक्टर्नी आमा’ नामले सुपरिचित थिइन् । रूपकुमारी गुरुङ सामुदायिक स्वास्थ्य सेवासम्बन्धी प्रथम नेपाली विशेषज्ञ पनि हुन् ।
१०. पहिलो प्रस्रव
अहिलेसम्म माया ठकुरी (जन्म २००३ असार १८) का सातवटा कथा संग्रह र एउटा गीतसंग्रह (इन्द्रधनुष, २०६१) प्रकाशित छन् । यतिखेर उनी आठौँ कथासंग्रह प्रकाशन गर्ने तयारीमा छन् । रत्नश्री सुवर्ण पदक– २०३५, मैनालीकथा पुरस्कार– २०४१, शिक्षा पुरस्कार– २०४४, राष्ट्रिय नागरिक सम्मान– २०६१ लगायत दर्जनौँ पुरस्कार र सम्मान पाएकी मायाको बाल्यकाल त्यति सुखद रहेन ।
११. शनिबार विशेष
१२. फोटोफिचर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युइएफए नेसन्स लिगः स्पेन र पोर्चुगल भिड्दै, यस्तो छ हेड टु हेड अवस्था
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु