विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
आइतबार, २५ जेठ २०८२, ०० : ३१
सारांश
- कोको गौफले फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन्। उनले फाइनलमा बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरिन्।
- गौफले साबालेन्कालाई ६-७, ६-२, ६-४ ले पराजित गर्दै पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितिन्।
- यो गौफको दोस्रो ग्रान्ड स्लाम उपाधि हो, यसअघि उनले २०२३ को यूएस ओपन जितेकी थिइन्।
काठमाडाैं। अमेरिकाकी कोको गौफले फ्रेन्च ओपन जितेकी छिन् । शनिवार फ्रान्सको फिलिप चैटियर कोर्टमा सम्पन्न फाइनल खेलमा विश्व वरियताको शीर्षस्थानमा रहेकी बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गर्दै उपाधी जितेकी हुन् ।
दोस्रो वरीयतामा रहेकी गौफले फाइनलमा साबालेन्कालाई ६–७ , ६–२, ६–४ ले पराजित गर्दै पहिलो पटक फ्रेन्च ओपन जितेकी छिन्।
सन् २०२३ को यूएस ओपन पछि उनको यो दोस्रो ग्रान्ड स्लाम उपाधि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण