आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन

आइतबार, २५ जेठ २०८२, ०० : ३१
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • कोको गौफले फ्रेन्च ओपन टेनिस प्रतियोगिताको उपाधि जितेकी छिन्। उनले फाइनलमा बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरिन्।
  • गौफले साबालेन्कालाई ६-७, ६-२, ६-४ ले पराजित गर्दै पहिलो पटक फ्रेन्च ओपनको उपाधि जितिन्।
  • यो गौफको दोस्रो ग्रान्ड स्लाम उपाधि हो, यसअघि उनले २०२३ को यूएस ओपन जितेकी थिइन्।

काठमाडाैं। अमेरिकाकी कोको गौफले फ्रेन्च ओपन जितेकी छिन् । शनिवार फ्रान्सको फिलिप चैटियर कोर्टमा सम्पन्न फाइनल खेलमा विश्व वरियताको शीर्षस्थानमा रहेकी बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गर्दै उपाधी जितेकी हुन् ।

दोस्रो वरीयतामा रहेकी गौफले फाइनलमा साबालेन्कालाई ६–७ , ६–२, ६–४ ले पराजित गर्दै पहिलो पटक फ्रेन्च ओपन जितेकी छिन्।

सन् २०२३ को यूएस ओपन  पछि उनको यो दोस्रो ग्रान्ड स्लाम उपाधि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप