अविश्वास प्रस्ताव ल्याउन जति ढिलाइ हुन्छ, उति धेरै संकट निम्तिन्छ- नेता पौडेल

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशलाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न पार्टीले ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।
रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।
नेता पौडेलले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पनि बताए । उनले जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग वहादुर राणा भन्दा पनि वलियो वन्दै गएको उल्लेख गरे ।
कार्यक्रममा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पूर्वविजेता इङ्लिस क्लब म्यान युनाइटेड र टोट्टनहामबिच उपाधि भिडन्त
-
तरकारी निकासीमा प्रहरीले पैसा असुल्छ, नदिए भन्सारमा बुझाउँछ
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
एक महिनादेखि थुप्रियो बिष्णुमती किनारमा फोहोर (तस्बिरहरु)
-
हरित अर्थतन्त्रमा नेपाल रोल मोडल देश बन्नसक्छ : जलवायु वित्त विज्ञ क्षेत्री
-
माओवादीको मध्यपहाडी अभियानको खाका तयार : यस्तो छ कार्यतालिका