अविश्वास प्रस्ताव ल्याउन जति ढिलाइ हुन्छ, उति धेरै संकट निम्तिन्छ- नेता पौडेल
बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले देशलाई स्थिरता दिन र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न संसद्मा अविश्वासको प्रस्ताव पेश गर्न पार्टीले ढिलाई गर्न नहुनेमा जोड दिएका छन् ।
रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशले शनिवार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वोल्दै, नेता पौडेलले अविश्वासको प्रस्ताव पेश गर्न जति ढिलाई गरिन्छ, त्यति नै देशमा थप संकट आउने बताए ।
नेता पौडेलले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने पनि बताए । उनले जनता समाजवादी पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो लगायतले सरकारलाई साथ दिएकाले प्रधानमन्त्री ओली तत्कालिन प्रधानमन्त्री जंग वहादुर राणा भन्दा पनि वलियो वन्दै गएको उल्लेख गरे ।
कार्यक्रममा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य वामदेव क्षेत्रीले माधव कुमार नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्नका लागि आफ्नो पार्टीलाई साथ दिने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन : पर्यटनमन्त्री
-
ब्राजिलविरुद्ध जापान : गुरुविरुद्ध चेलाको भिडन्त
-
वित्तीय अनुशासन बलियो बनाउन सबै पक्ष गम्भीर बन्नुपर्छ : सभापति खड्का
-
कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ
-
मन्दिर निर्माणमा भ्रष्टाचार : ९ जनाविरूद्ध मुद्दा दायर
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण