बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पदबहाली पछि राजेन्द्र महतोले भने– अदालतले के भन्छ त्यो हाम्रो सरकारको विषय होइन

शुक्रबार, २१ जेठ २०७८, २२ : ३५
शुक्रबार, २१ जेठ २०७८

नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले आफ्ना माग पुरा गर्न सरकारमा गएको बताएका छन् । उपप्रधान तथा शहरी विकास मन्त्रालयको पदबहाली पछि कुरा गर्दै महतोले आन्दोलनका केही माग  सम्बोधन भएका र केही माग बाँकी रहेको बताए । उनले संसद विघटनको मुद्दा सर्वोच्चमा चलिरहेको र त्यो अदालतको विषयवस्तु  भएकोले चलिरहने बताए ।

उनले भने, ‘हामी आफ्नो माग मुद्दाका लागि सरकारमा ज्वाइन गरेका हौँ । आन्दोलनका केही माग मुद्दामा सम्बोधन भएका छन् । केही बाँकी छ । मुख्य रुपले जनताको माग र मुद्दा हो । त्यसकै लागि सरकारमा सहभागी भएका छौं । त्यसैले अदालतले के भन्छ त्यो हाम्रो सरकारको विषय होइन ।’

महतोले जति दिन आफुहरु सरकारमा रहिन्छ माग र मुद्दामा केन्द्रीत रहेर काम गर्ने बताए । उनले देशमा वैकल्पिक शक्ति निर्माण गर्ने विषयलाई पार्टीको एजेण्डा बनाउने बताए । उनले भने, ‘बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने काम पार्टीको एजेण्डा हो, पार्टीको एजेण्डा अगाडि बढाउँदै जाने र  विगतका आन्दोलनका माग र मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने तयारी गरेका छौं ।’  उपेन्द्र समूहलाई आफ्नो केही भन्नु नभएको बताए ।  महतोले भने, ‘जो जो सहमत छैनन्, असहमति व्यक्त गर्न सक्छन् केही छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप