आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

फेसबुकमा यस्ता फोटोमा बिर्सेर पनि कमेन्ट नगर्नुहोस्, समस्यामा पर्न सक्नुहुनेछ

शुक्रबार, १६ असार २०७४, ११ : १०
शुक्रबार, १६ असार २०७४

फेसबुक मानिसहरुलाई जोड्ने सबैभन्दा सजिलो माध्यम बनिसकेको छ । यसमा मानिसहरु आफ्नो सम्झनाका पलहरु साथीमाझ सेयर गर्ने गर्दछन् तर आजकाल तपाईंले आफ्नो टाइमलाइनमा केही यस्ता फोटो पनि देख्नुहुन्छ होल जसमा कुनै बिरामी बच्चा वा भगवानको तस्बिरमा कमेन्ट गर्न आग्रह गरिन्छ । यदि तपाईं पनि यस्ता तस्बिरमा कमेन्ट गर्नुहुन्छ भने यो खबर पक्कै पढ्नुहोस् ।

धर्मको नाममा चल्छ यो खेलः

निकै मार्मिक देखिने यस्ता तस्बिरमार्फत् मानिसहरुलाई भावुक बनाएर तस्बिरमा लाइक वा कमेन्ट गर्न आग्रह गरिन्छ । तर वास्तवमा यी सबै निकै ठूला ठगी धन्दाको हिस्सा हो । तपाईंले तस्बिरलाई लाइक गर्दा त्यसमा देखाइएका बच्चाको रोग निको त हुँदैन तर तपाईंको फेसबुकको सबै व्यक्तिगत जानकारी खतरामा पर्ने गर्दछ । तपाईंले यस्ता पोष्टलाई लाइक वा सेयर गर्दा स्प्यामर्सले तपाईंको सबै व्यक्तिगत जानकारी पाउने गर्दछन् । थुप्रै पटक यसमार्फत उनीहरु तपाईंको अकाउन्ट पनि ह्याक गर्ने गर्दछन् ।

फैलिन्छन् विभिन्न प्रकारका भाइरसः

यस्ता पोष्टमा जति धेरै लाइक, कमेन्ट वा सेयर गर्नुहुन्छ, स्प्यामर्सको नेटवर्क त्यति नै ठूलो हुने गर्दछ । लाइक, कमेन्ट वा सेयरको यो खेलमा मोटो कमाई हुने गर्दछ । साथै, यस्ता प्रकारका फोटोमार्फत विभिन्न प्रकारका भाइरस र स्क्याम पनि फैलने गर्दछ जुन तपाईंको अकाउन्टका लागि खतरनाक हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप