शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने

आइतबार, १८ जेठ २०८२, २२ : २२
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • शिवनाथ गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ।
  • गाउँपालिकाले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको र यस वर्ष पनि सूचना आह्वान गरेको छ।
  • यस वर्ष छात्रवृत्तिका लागि रु चार लाख विनियोजन गरिएको छ र छनोट समितिले विद्यार्थी छनोट गर्नेछ।

बैतडी । शिवनाथ गाउँपालिकामा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । प्राविधिक धारतर्फ उच्चशिक्षा अध्ययन गर्ने आर्थिक रुपले विपन्न छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने छ । 

शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले भने, ‘गाउँपालिकाभित्रका विपन्न छात्रछात्राको प्राविधिक शिक्षामा पहुँच पु¥याउने उद्देश्यले गाउँपालिकाले हरेक वर्ष छात्रवृत्ति दिँदै आएको छ । यो वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि सूचना आह्वान  गरेका छौँ ।’

गत वर्षदेखि चिकित्सा, इन्जिनियर तथा प्राविधिक विषयमा विपन्न छात्रछात्राको पहुँच अभिवृद्धिका लागि छात्रवृत्ति दिने गरिएको छ । यस वर्ष पनि छात्रवृत्ति प्रदान गर्नका लागि गाउँपालिकाले सूचना आह्वान गरेको छ । प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गरिरहेका र शिवनाथ गाउँपालिकाभित्र घर भएका विपन्न छात्रछात्राका लागि आवेदन आह्वान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । 

शिवनाथ गाउँपालिकाले शैक्षिक छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८१ निर्माण गरेको र सोही अनुसार छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिने जनाएको छ । छात्रवृत्तिका लागि गाउँपालिकाले यस वर्ष रु चार लाख विनियोजन गरेको छ ।

गत वर्ष छात्रवृत्तिका लागि रु पाँच लाख विनियोजन गरिएको थियो । छात्रवृत्तिका लागि आवेदन परेका विद्यार्थीमध्ये छनोट समितिले छनोट गरेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप