बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वेस्ट इन्डियन क्रिकेट टोली टी–२० ढाँचाको इतिहासमा सबैभन्दा राम्रो टोलीहरू मध्ये एक मानिन्छ । काइरोन पोलार्ड, ड्वेन ब्राभो, ड्यारेन स्यामी, आन्द्रे रसेल र अन्य धरै स्टार खेलाडीहरू फ्रेन्चाइज टोलीका प्रमुख खेलाडी बनेका छन् ।

आक्रामक खेल्ने स्वभावका साथ, वेस्ट इन्डिज टी–२० विश्वकपमा सबैभन्दा ठुलो आकर्षणको केन्द्र बन्छ । वेस्ट इन्डिजले दुई पटक विश्वकप जितेको छ । वेस्ट इन्डिजले दोस्रो पटक टी–२० विश्वकप आयोजना गरेको छ । 

वेस्ट इन्डिजको टी–२० विश्वकपका सबै संस्करणहरूमा टोलीको यात्रा यहाँ दिइएको छ:

  • टी–२० विश्वकप २००७ –दक्षिण अफ्रिका

क्रिस गेलले २००७ को टी–२० विश्वकपको पहिलो खेलमै ११७ रनको प्रभावशाली इनिङ्स खेलेर शानदार सुरुवात गरे । यद्यपि, त्यो इनिङ्स खेर गयो किनभने वेस्ट इन्डिजले दक्षिण अफ्रिकासँग उक्त खेल हार्‍यो र त्यसपछि बंगलादेशसँग पनि पराजित भयो । क्यारेबियन टोलीको यात्रा सुरु हुनुअघि नै समाप्त भयो किनभने टोली समूह चरणबाटै बाहिरियो । क्रिस गेल ११७ रनका साथ ब्याटिङमा सर्वाधिक रन बनाउने खेलाडी थिए भने रवि रामपाल ३ विकेटका साथ आफ्नो टोलीका उत्कृष्ट बलर थिए ।

  • टी–२० विश्वकप २००९ – इंग्ल्याण्ड

मरुन जर्सी टी–२० विश्वकपको दोस्रो संस्करणका लागि इंग्ल्याण्ड पुग्यो । वेस्ट इन्डिजले आफ्नो समूहमा दोस्रो स्थानमा रहेर सुपर ८ चरणमा स्थान बनायो । क्रिस गेल र उनको टोलीले अस्ट्रेलियालाई हराएर प्रतियोगिता सुरु गर्‍यो । सबैभन्दा यादगार क्षणहरू मध्ये एक थियो जब गेलले ब्रेट लीलाई ओभल स्टेडियम बाहिर पुग्ने गरी एक विशाल छक्का प्रहार गरे । अर्को खेलमा, वेस्ट इन्डियनहरू श्रीलंकासँग पराजित भयो । त्यसपछि भारत र इंग्ल्याण्डलाई हराएर सेमिफाइनलमा पुग्यो । वेस्ट इन्डिज टोलीको यात्रा अन्तिम चार खेलमा समाप्त भयो । वेस्ट इन्डिज श्रीलंकासँग ५७ रनले पराजित भयो । क्रिस गेल १९३ रनका साथ फेरि सर्वाधिक रन बनाउने खेलाडी भए । ड्वेन ब्राभो १० विकेटका साथ उत्कृष्ट बलर थिए ।

  • टी–२० विश्वकप २०१० – वेस्ट इन्डिज

लगभग एक वर्षपछि, वेस्ट इन्डिजले प्रतियोगिता आयोजना गर्ने पालो थियो । आयोजकले इंग्ल्याण्ड र आयरल्याण्डलाई हराएर समूह चरण पार गर्दै आफ्नो समूहमा शीर्ष स्थानमा रहन सफल भयो । वेस्ट इन्डिजको यात्रा सुपर ८ चरणमा समाप्त भयो । वेस्ट इन्डिजले भारतलाई हराउँदा अस्ट्रेलिया र श्रीलंकासँग पराजित हुँदै सेमिफाइनल चरणमा पुग्नुअघि नै बाहिरियो । तेस्रो पटक, क्रिस गेल १३२ रन (भारतविरुद्धको ९८ रन सहित) का साथ आफ्नो टोलीका लागि शीर्ष स्कोरर थिए । ड्यारेन स्यामी ५.२६ रन प्रति ओभरको इकोनोमी रेटमा ६ विकेट लिएर आयोजक टोलीका उत्कृष्ट बलर थिए ।

  • टी२० विश्वकप २०१२ – श्रीलंका

३३ वर्षको लामो प्रतीक्षापछि वेस्ट इडिजका लागि आईसीसी उपाधि उचाल्ने सपना साकार भयो । २०१२ को टी–२० विश्वकपमा क्यारेबियन टोलीले फाइनलमा आयोजक श्रीलंकालाई ३६ रनले हराएर उपाधि रक्षा गर्‍यो । वेस्ट इन्डिजले आफ्नो समूह चरणको सुरुवात अस्ट्रेलियासँगको हारबाट गर्‍यो भने आयरल्याण्डविरुद्धको खेल वर्षाका कारण रद्द भयो । सुपर ८ चरणमा, वेस्ट इन्डिजले इंग्ल्याण्डलाई हराएपनि श्रीलंकासँग पराजित भयो । वेस्ट इन्डिजले न्यूजील्याण्डविरुद्धको खेल सुपर ओभरमा जित्दै सेमिफाइनलमा अस्ट्रेलियालाई भारी ७४ रनले हरायो । मार्लन स्यामुअल्स २३० रनका साथ वेस्ट इन्डिजका लागि उत्कृष्ट स्कोरर थिए भने रवि रामपाल र सुनील नारायणले ९–९ विकेट लिएर बलका साथ उत्कृष्ट प्रदर्शन गरे । 

  • टी–२० विश्वकप २०१४ – बंगलादेश

डिफेन्डिङ च्याम्पियनका रूपमा २०१४ को टी–२० विश्वकपमा प्रवेश गर्दै, वेस्ट इन्डिज सेमिफाइनलसम्म पुग्यो । क्यारेबियन टोलीले तालिकाको शीर्ष स्थानमा रहेको भारतसँग मात्र एउटा खेल हार्यो भने पाकिस्तान, अस्ट्रेलिया र बंगलादेशलाई हरायो । वेस्ट इन्डिजका खेलाडीहरूले दुई वर्षअघिको आफ्नो वीरता दोहोर्‍याउन उच्च आत्मविश्वासमा थिए । तर श्रीलंकाले वेस्ट इन्डिजलाई सेमिफाइनलमा हराएर बदला लियो र फाइनलमा पुगेर पहिलो पटक प्रतियोगिता जित्यो । क्रिस गेल १४३ रनका साथ वेस्ट इन्डिजका ब्याट्सम्यानले बनाएको सर्वाधिक रन थियो भने स्यामुएल बद्री ५.६५ प्रति ओभरको इकोनोमी रेटमा ११ विकेटका साथ उत्कृष्ट बलर थिए ।

  • टी–२० विश्वकप २०१६ – भारत

टी–२० विश्वकप भारतमा आइपुग्दा, आईपीएलमा खेल्ने अनुभवका कारण वेस्ट इन्डिज सबैभन्दा मनपर्ने टोलीहरू मध्ये एक थियो । क्यारेबियन टोलीले श्रीलंका, इंग्ल्याण्ड र दक्षिण अफ्रिकालाई हरायो तर अफगानिस्तानसँग अप्रत्याशित हार बेहोर्‍यो । सबैभन्दा ठुलो चुनौती सेमिफाइनलमा मुम्बईको खचाखच भरिएको मैदानमा भारतविरुद्ध थियो । लेन्डल सिमोन्सको ८२ नट आउटले आफ्नो टोलीलाई खेल जिताउन र फाइनलमा पुर्‍याउन मद्दत गर्‍यो । मार्लन स्यामुअल्स र कार्लोस ब्राथवेटले दुई बल बाँकी रहँदा इंग्ल्याण्डलाई हराएर वेस्ट इन्डिजले इतिहास रच्दै विश्वकप जित्यो । ब्राथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का प्रहार गरे । मार्लन स्यामुअल्स १८१ रनका साथ वेस्ट इन्डिजका लागि उत्कृष्ट ब्याट्सम्यान थिए भने आन्द्रे रसेल, ड्वेन ब्राभो र स्यामुएल बद्रीले ९–९ विकेट लिए ।

  • टी–२० विश्वकप २०२१ – भारत/युएई

वेस्ट इन्डिजले अर्को टी–२० विश्वकप आयोजना हुनुअघि ५ वर्षसम्म आफ्नो उपाधि कायम राख्यो । दुर्भाग्यवश, क्रिस गेल र ड्वेन ब्राभो जस्ता धेरै स्टार खेलाडीहरू आफ्नो करियरको अन्त्यमा थिए र प्रतियोगितापछि सन्यास लिए । बंगलादेशविरुद्धको एउटा मात्र जितका साथ वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरियो । वेस्ट इन्डिज इंग्ल्याण्डविरुद्ध ५५ रनमा अलआउट भयो । जुन प्रतियोगिताको इतिहासमा कुनै पनि पूर्ण सदस्य टोलीले बनाएको सबैभन्दा कम स्कोर थियो  । शिमरोन हेटमायर १२७ रनका साथ वेस्ट इन्डिजका उत्कृष्ट ब्याट्सम्यान थिए भने अकील होसेन ५ विकेटका साथ उत्कृष्ट बलर थिए ।

  • टी२० विश्वकप २०२२ – अस्ट्रेलिया

दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजले विश्वकपको समूहर चरणबाट नै बाहिरिन पुग्यो । जसमा वेस्ट इन्डिज स्कटल्याण्डसँग पराजित भएपनि जिम्बाब्वेलाई हरायो । आयरल्याण्डलाई हराउनु पर्ने थियो, तर वेस्ट इन्डिज असफल भयो । आयरल्यान्डले ४ विकेटले जितेर लाखौं वेस्ट इन्डिजका समर्थकहरुलाई निराश बनाए । ब्रान्डन किंगको ७९ रन वेस्ट इन्डियन ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शन थियो । त्यस्तै अल्जारी जोसेफले बलका साथ ६ विकेट लिए ।

  • टी–२० विश्वकप २०२४ः वेस्ट इन्डिजको आक्रामक र कीर्तिमानी यात्रा

आयोजक राष्ट्र वेस्ट इन्डिजका लागि २०२४ को टी–२० विश्वकप निकै सफल र कीर्तिमानी रह्यो । समूह चरणमा न्युजिल्यान्ड र अफगानिस्तान जस्ता बलिया टोलीहरूलाई पराजित गर्दै टोली अपराजित रूपमा सुपर–८ मा प्रवेश गर्‍यो । अफगानिस्तानविरुद्ध २१८ रनको विशाल स्कोर खडा गर्दै टोलीले यस संस्करणको उच्च स्कोरको रेकर्ड राख्यो । जहाँ निकोलस पुरनले ९८ रनको ऐतिहासिक इनिङ खेल्दै क्रिस गेलको सर्वाधिक छक्काको कीर्तिमान तोडे ।  बलिङमा आन्द्रे रसेल र अल्जारी जोसेफको सानदार प्रदर्शन तथा ब्याटिङमा पुरनको विस्फोटक लयले वेस्ट इन्डिजलाई घरेलु मैदानमा सफल टोली बनायो । तर, टिमले उपाधि भने जित्न सकेन । 

वेस्ट इन्डिज: शाई होप (कप्तान), शिमरोन हेटमायर, जोनसन चार्ल्स, रोस्टन चेज, म्याथ्यु फोर्ड, जेसन होल्डर, अखिल हुसेन, शमार जोसेफ, ब्रान्डन किङ, गुडाकेश मोती, रोभमन पावेल, शेरफेन रदरफोर्ड, क्विन्टन स्याम्पसन, जेडेन सिल्स र रोमारियो सेफर्ड।

खेल तालिका

वेस्ट इन्डिज वेस्ट इन्डिज
१८२/५ (२० overs)
win
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१४७/१० (१८.५ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 2
West Indies beat Scotland by 35 runs
इंग्ल्याण्ड इंग्ल्याण्ड
१६६/१० (१९ overs)
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
१९६/६ (२० overs)
win
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 15
West Indies beat England by 30 runs
वेस्ट इन्डिज वेस्ट इन्डिज
१३४/१ (१५.२ overs)
win
VS
नेपाल नेपाल
१३३/८ (२० overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 25
West Indies beat Nepal by 9 wickets
वेस्ट इन्डिज वेस्ट इन्डिज
१६५/६ (२० overs)
win
VS
इटली इटली
१२३/१० (१८ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 37
West Indies beat Italy by 42 runs
जिम्बाब्वे जिम्बाब्वे
१४७/१० (१७.४ overs)
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
२५४/६ (२० overs)
win
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Super 8 - Match 4
West Indies beat Zimbabwe by 107 runs
वेस्ट इन्डिज वेस्ट इन्डिज
१७६/८ (२० overs)
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
१७७/१ (१६.१ overs)
win
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Super 8 - Match 7
South Africa beat West Indies by 9 wickets
भारत भारत
१९९/५ (१९.२ overs)
win
VS
वेस्ट इन्डिज वेस्ट इन्डिज
१९५/४ (२० overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Super 8 - Match 12
India beat West Indies by 5 wickets