बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफीमा अफगानिस्तान 

आईसीसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानको यो पहिलो सहभागिता हो । त्यसैले च्याम्पियन्स ट्रफीको इतिहासमा अफगानिस्तान सबैभन्दा कान्छो राष्ट्र पनि हो । यसपटक च्याम्पियन्स ट्रफीमा सहभागी हुने टोलीहरूको टुंगो लगाउन सन् २०२३ को एकदिवसीय विश्वकपलाई आधार बनाइएको थियो ।

सन् २०२३ को एकदिवसीय विश्वकपमा माथिल्लो आठ स्थानमा रहेका टोलीले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएका हुन् । उक्त विश्वकपको सेमिफाइनलमा पुग्ने चार टोली भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड र दक्षिण अफ्रिका स्वतः च्याम्पियन्स ट्रफीमा छनोट भएका थिए ।

पाकिस्तान सन् २०२३ को विश्वकपमा अंक तालिकाको पाँचौँ स्थानमा थियो । उक्त विश्वकपमा अफगानिस्तान छैटौँ, इङ्ल्यान्ड सातौँ र बंगलादेश आठौँ भएका थिए । त्यसैले यी तीन टोलीले पनि च्याम्पियन्स ट्रफीको नवौँ संस्करण खेल्ने अवसर पाए । 

यसरी अफगानिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएको हो । उक्त विश्वकपमा श्रीलंका नवौँ भएको थियो । वेस्ट इन्डिज भने सन् २०२३ को विश्वकपमा छनोट नै भएको थिएन । त्यसैले यी राष्ट्रले च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएनन् ।

० अफगानिस्तानको सहभागिता : सन् २०२५ ।

० सबैभन्दा ठुलो उपलब्धि : पहिलो सहभागिता ।

टी-२० विश्वकप

आईसीसी टी–२० विश्वकपमा अफगानिस्तानको यो सातौँ सहभागिता हो । यसअघि अफगानिस्तानले टी–२० विश्वकपको ६ वटा संस्करण खेलिसकेको छ । अफगानिस्तानले सन् २०१० मा वेस्ट इन्डिजमा सम्पन्न तेस्रो संस्करणदेखि प्रतियोगितामा सहभागिता जनाउन थालेको हो । 

आफ्नो पहिलो सहभागितामा अफगानिस्तान समूहगत चरणबाटै बाहिरिएको थियो । अफगानिस्तान समूहगत चरणको दुवै खेलमा पराजित भएको थियो । टी–२० विश्वकपमा नेदरल्यान्ड्सको उत्कृष्ट प्रदर्शन ‘सुपर–१०’ चरण हो ।  

अफगानिस्तान सन् २०१६ मा भारतमा सम्पन्न टी–२० विश्वकपको ‘सुपर–१०’ चरणमा प्रवेश गरेको थियो । त्यतिबेला अफगानिस्तान ‘सुपर–१०’ चरणको समूह ‘एक’ मा परेको थियो । उक्त समूहमा वेस्ट इन्डिज, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र श्रीलंका पनि थिए ।

अफगानिस्तानले ‘सुपर–१०’ चरण एउटा खेलमात्र जित्न सकेको थियो । अफगानिस्तानको समूहबाट वेस्ट इन्डिज र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका थिए । अफगानिस्तानले टी–२० विश्वकपमा हालसम्म कुल २२ खेल खेलेको छ । त्यसमध्ये अफगानिस्तान सात खेलमा विजयी र १५ खेलमा पराजित भएको छ । 

टी–२० विश्वकप सहभागिता : तेस्रो संस्करण सन् २०१०, चौथो संस्करण सन् २०१२, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

अफगानिस्तानको टोली : रासिद खान (कप्तान), रहमनुल्लाह गुरबाज, इब्राहिम जदरान, अजमतुल्लाह ओमरजाई, नजिबुल्लाह जदरान, मोहम्मद इसाक, मोहम्मद नाबी, गुलबदिन नाइब, करिम जनत, ननग्याल, खारोती, मजिब उर रहमान, नुर अहमद, नविन उल हक, फजालहक फारुकी र फरिद अहमद मलिक रहेका छन् । 

नवौँ विश्वकपमा अफगानिस्तान : समूह ‘सी’ अफगानिस्तान, न्युजिल्यान्ड, वेस्ट इन्डिज, पपुवा न्यु गिनी र युगान्डा ।

खेल तालिका

न्युजिल्याण्ड न्युजिल्याण्ड
१८३/५ (१७.५ overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
१८२/६ (२० overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 4
New Zealand beat Afghanistan by 5 wickets
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
१८७/६ (२० overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
१८७/१० (१९.४ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 13
Afghanistan tied with South Africa (South Africa won the 2nd Super Over by 4 runs)
अफगानिस्तान अफगानिस्तान
१६२/५ (१९.२ overs)
win
VS
युएई युएई
१६०/९ (२० overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 28
Afghanistan beat United Arab Emirates by 5 wickets
अफगानिस्तान अफगानिस्तान
२००/४ (२० overs)
win
VS
क्यानडा क्यानडा
११८/८ (२० overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 39
Afghanistan beat Canada by 82 runs