बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टी–२० विश्वकपमा स्टकल्यान्डको यो छैटौँ सहभागिता हो । यसअघि स्कटल्यान्डले पाँचवटा संस्करणमा सहभागिता जनाइसकेको छ । स्कटल्यान्डले टी–२० विश्वकपको पहिलो संस्करणमै सहभागिता जनाएको थियो । त्यतिबेला पनि स्कटल्यान्ड छनोट चरण पार गर्दै विश्वकपमा पुगेको थियो । 

टी–२० विश्वकपमा स्कटल्यान्डको उत्कृष्ट प्रदर्शन ‘सुपर–१२’ चरण हो । सन् २०२१ मा सम्पन्न विश्वकपमा स्कटल्यान्ड ‘सुपर–१२’ चरणमा पुगेको थियो । त्यो विश्वकपको प्रारम्भिक चरणमा स्कटल्यान्ड समूह ‘बी’ मा परेको थियो ।

प्रारम्भिक चरणमा स्कटल्यान्ड समूह ‘बी’ को विजेता बन्दै ‘सुपर–१२’ चरणमा पुगेको थियो । प्रारम्भिक चरणमा स्कटल्यान्डले तीनवटै खेलमा जित हात पारेको थियो । ‘सुपर–१२’ चरणमा भने स्कटल्यान्ड समूह ‘दुई’ मा परेको थियो । 

‘सुपर–१२’ चरणमा भने स्कटल्यान्डले आफूले खेलेको पाँचवटै खेलमा हारको सामना गर्नु प¥यो । टी–२० विश्वकपमा स्कटल्यान्डले हालसम्म कुल १८ वटा खेल खेलेको छ । त्यसमध्ये स्कटल्यान्ड पाँच खेलमा विजयी र १२ खेलमा पराजित भएको छ । स्कटल्यान्डको एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

टी–२० विश्वकप सहभागिता : पहिलो संस्करण सन् २००७, दोस्रो संस्करण सन् २००९, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

स्कटल्यान्डको टोली : रिची बेरिङ्टन (कप्तान), म्याथ्यू क्रस, ब्राड करी, क्रिस ग्रेभस, ओली ह्यारिस, ज्याक जार्भिस, माइकल जोन्स, माइकल लिस्क, ब्रान्डन म्याकमुलन, जर्ज मुन्से, सफयान सरिफ, क्रिस सोल, चार्ली टियर, मार्क वाट र ब्राड ह्विल ।

नवौँ विश्वकपमा स्कटल्यान्ड : समूह ‘बी’ स्कटल्यान्ड, इङ्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया र ओमान ।

जुन ४ : स्कटल्यान्डविरुद्ध इङ्ल्यान्ड

जुन ६ : स्कटल्यान्डविरुद्ध नामिबिया

जुन ९ : स्कटल्यान्डविरुद्ध ओमान

जुन १५ : स्कटल्यान्डविरुद्ध अस्ट्रेलिया  

खेल तालिका

वेस्ट इन्डिज वेस्ट इन्डिज
१८२/५ (२० overs)
win
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१४७/१० (१८.५ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 2
West Indies beat Scotland by 35 runs
स्कटल्याण्ड स्कटल्याण्ड
२०७/४ (२० overs)
win
VS
इटली इटली
१३४/१० (१६.४ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 7
Scotland beat Italy by 73 runs
इंग्ल्याण्ड इंग्ल्याण्ड
१५५/५ (१८.२ overs)
win
VS
स्कटल्याण्ड स्कटल्याण्ड
१५२/१० (१९.४ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 23
England beat Scotland by 5 wickets
स्कटल्याण्ड स्कटल्याण्ड
१७०/७ (२० overs)
VS
नेपाल नेपाल
१७१/३ (१९.२ overs)
win
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 33
Nepal beat Scotland by 7 wickets