बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईसीसी टी–२० विश्वकपमा नेदरल्यान्ड्सको यो छैटौँ सहभागिता हो । नेदरल्यान्ड्सले यसअघि पाँच पटक टी–२० विश्वकप खेलिसकेको छ । नेदरल्यान्ड्सले सन् २००९ मा सम्पन्न दोस्रो संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो । 

नेदरल्यान्ड्स टी–२० विश्वकपको ‘सुपर–१२’ चरणसम्म मात्र पुग्न सकेको छ । उक्त विश्वकपमा नेदरल्यान्ड्स ‘सुपर–१२’ चरणको समूह ‘एक’ मा परेको थियो । त्यो समूहमा न्युजिल्यान्ड, इङ्ल्यान्ड, अस्ट्रेलिया, श्रीलंका र अफगानिस्तान पनि थिए ।

त्यो समूहबाट दुईवटा टोली सेमिफाइनलमा पुग्ने प्रावधान थियो । पाँचमध्ये एक खेलमा जित हात पारेको आयरल्यान्ड पाँचौँ स्थानमा रहेको थियो । त्यो समूहबाट न्युजिल्यान्ड पहिलो र इङ्ल्यान्ड दोस्रो हुँदै सेमिफाइनलमा पुगेका थिए । 

नेदरल्यान्ड्सले हालसम्म टी–२० विश्वकपमा कुल २३ खेल खेलेको छ । त्यसमध्ये नौ खेलमा मात्र नेदरल्यान्ड्सले जित हात पार्न सकेको छ । १३ खेलमा भने नेदरल्यान्ड्स पराजित भएको छ । नेदरल्यान्ड्सको एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

टी–२० विश्वकप सहभागिता : दोस्रो संस्करण सन् २००९, पाँचौँ संस्करण सन् २०१४, छैटौँ संस्करण सन् २०१६, सातौँ संस्करण सन् २०२१, आठौँ संस्करण सन् २०२२ र नवौँ संस्करण सन् २०२४ 

नेदरल्यान्ड्सको टोली : स्कट एडवार्डस (कप्तान), आर्यन दत्त, बास डी लिड, सकिब जुल्फिकर, फ्रेड क्लासेन, लोगन भाव बिक, म्याक्स ओ’डड, माइकल लेभिट, पल भान मिकेरन, साइब्रान्ड इङ्गेलब्रिच्ट, तेजा निदामनुरु, टिम प्रिंगल, विक्रम सिंह, भीम किङ्मा र कायल क्लेइन ।

नवौँ विश्वकपमा नेदरल्यान्ड्सस : समूह ‘डी’ नेदरल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेपाल 

जुन  ४ : नेदरल्यान्ड्सविरुद्ध नेपाल

जुन ८ : नेदरल्यान्ड्सविरुद्ध दक्षिण अफ्रिका

जुन १३ : नेदरल्यान्ड्सविरुद्ध बंगलादेश

जुन १६ : नेदरल्यान्ड्सविरुद्ध श्रीलंका

खेल तालिका

पाकिस्तान पाकिस्तान
१४८/७ (१९.३ overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
१४७/१० (१९.५ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 1
Pakistan beat Netherlands by 3 wickets
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
१५९/३ (१८ overs)
win
VS
नामिबिया नामिबिया
१५६/८ (२० overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 10
Netherlands beat Namibia by 7 wickets
अमेरिका अमेरिका
१९६/६ (२० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
१०३/१० (१५.५ overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 21
USA beat Netherlands by 93 runs
भारत भारत
१९३/६ (२० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
१७६/७ (२० overs)
पल्लेकेले इन्टरनेसनल क्रिकेट स्टेडियम, क्यान्डी
Match 36
India beat Netherlands by 17 runs