यो रङ्गशालाको नाम भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको नामबाट राखिएको हो । यसअघि यो रङ्गशालाको नाम ‘सरदार पटेल स्टेडियम’ रहेको थियो । यो रङ्गशाला गुजरातको अहमदाबादमा रहेको छ ।
विश्वकै सबैभन्दा ठुलो क्रिकेट रङ्गशालामा पर्छ, नरेन्द्र मोदी स्टेडियम । पछिल्लो समय यो रङ्गशालाको दर्शक क्षमता बढाएर एक लाख ३४ हजार पुर्याइएको छ । यो क्रिकेट रङ्गशाला गुजरात क्रिकेट एसोसिएसनको अधीनमा रहेको छ ।
यो रङ्गशालामा निरन्तर घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना हुने गरेका छन् । अहिले नरेन्द्र मोदी स्टेडियम रहेको स्थानमा सन् १९८२ देखि सन् २०१५ सम्म सरदार पटेल स्टेडियम थियो । पुरानो रंगशालालाई भत्काएर अहिलेको नरेन्द्र मोदी स्टेडियम बनाइएको हो । पाँच वर्षमा निर्माण सम्पन्न भएको यो क्रिकेट रङ्गशाला बनाउन आठ अर्ब भारतीय रुपैयाँ खर्च गरिएको थियो । यो क्रिकेट रङ्गशालामा चारवटा ड्रेसिङ रूप रहेका छन् । रङ्गशालामा ११ वटा सेन्टर पिच र दुईवटा अभ्यास ग्राउन्ड रहेका छन् ।
दर्शक क्षमताको हिसाबले यो विश्वकै दोस्रो ठुलो रङ्गशाला हो । योभन्दा ठुलो रङ्गशाला उत्तर कोरियामा रहेको छ । उत्तर कोरियाको ‘रनग्राडो फर्स्ट अफ मे स्टेडियम’ को दर्शक क्षमता एक लाख ५० हजार रहेको छ । यसअघि पुरानो सरदार पटेल स्टेडियममा सन् १९८७, सन् १९९६ र सन् २०११ को एकदिवसीय विश्वकपका केही खेल पनि खेलाइएको थियो । सन् २०२१ को फेब्रुअरी २४ मा यो रङ्गशालाको नाम परिवर्तन गरेर नरेन्द्र मोदी स्टेडियम राखिएको हो ।
आफ्ना पूर्वअध्यक्ष नरेन्द्र मोदीप्रति सम्मान व्यक्त गर्दै रङ्गशालाको नयाँ नामकरण गरिएको गुजरात क्रिकेट एसोसिएसनले जनाएको छ । सन् २००९ देखि सन् २०१४ सम्म नरेन्द्र मोदी गुजरात क्रिकेट एसोसिएसनका अध्यक्ष थिए । नयाँ रङ्गशालाको उद्घाटन सन् २०२१ मा तत्कालीन भारतीय राष्ट्रपति रामनाथ कोविन्दले गरेका थिए ।
सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आउँदा यही रङ्गशालामा ‘नमस्ते ट्रम्प’ नाम दिएर विशेष कार्यक्रम आयोजना गरिएको थियो । सन् २०२२ को सेप्टेम्बर २९ मा यही रङ्गशालामा भारतको ३६औँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोह पनि आयोजना गरिएको थियो ।
सन् २०२१ को फेब्रुअरीमा यो रङ्गशालामा भारत र इङ्ल्यान्डबिच पहिलो दिवा—रात्रि खेल खेलाइएको थियो । सन् २०२३ को एकदिवसीय विश्वकपको उद्घाटन र फाइनल खेल पनि यही रङ्गशालामा खेलाइने भएको छ । विश्वकपका क्रममा यो रङ्गशाला पाँचवटा खेल खेलाइने कार्यक्रम रहेको छ ।
गुजरात टाइटन्स
राजस्थान रोयल्स
गुजरात टाइटन्स
कोलकत्ता नाइट राइडर्स
गुजरात टाइटन्स
मुम्बई इण्डियन्स
गुजरात टाइटन्स
चेन्नई सुपर किङ्स
गुजरात टाइटन्स
रोयल च्यालेन्जर्स बैंग्लुरु
गुजरात टाइटन्स
पञ्जाब किङ्स
गुजरात टाइटन्स
सनराइजर्स हैदराबाद
रोयल च्यालेन्जर्स बैंग्लुरु
गुजरात टाइटन्स