सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
सारांश
- नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ।
- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गर्दै सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक, व्यवस्थित तथा पारदर्शी बनाउने महासंघको प्रयास समयानुकूल, दूरदर्शी र अनुकरणीय रहेको बताए।
- सार्वजनिक गरिएको वेबसाइट तथा मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन, नियम तथा निर्देशिका, कार्यक्रमसम्बन्धी जानकारी, संस्थागत तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित सेवा तथा अन्य आवश्यक सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ।
काठमाडौँ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक आवश्यकता, दैनिक कारोबार व्यवस्थापन तथा सूचना प्रवाहलाई सहज, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यले आफ्नो आधिकारिक वेबसाइट तथा मोबाइल एप सार्वजनिक गरेको छ।
काठमाडौँको त्रिपुरेश्वरस्थित बोगेनभिल्लामा रहेको महासंघको सचिवालय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले वेबसाइट तथा मोबाइल एपको औपचारिक शुभारम्भ गरेका हुन्।
उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि अग्रवालले सूचना प्रविधिको प्रयोगमार्फत व्यवसायलाई आधुनिक, व्यवस्थित तथा पारदर्शी बनाउने महासंघको प्रयास समयानुकूल, दूरदर्शी र अनुकरणीय रहेको बताए। प्रविधिको प्रभावकारी प्रयोगबाट व्यवसाय सञ्चालन, सेवा प्रवाह तथा सूचना आदानप्रदानलाई अझ सहज, छिटो र विश्वसनीय बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा महासंघका अध्यक्ष किसान सुनारले वेबसाइट तथा मोबाइल एप निर्माणको उद्देश्य, आवश्यकता, विशेषता तथा यसबाट व्यवसायीहरूले प्राप्त गर्ने सेवा-सुविधाबारे विस्तृत जानकारी गराएका थिए। ‘महासंघलाई प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्दै सदस्य व्यवसायीहरूलाई एउटै डिजिटल प्लेटफर्ममार्फत आवश्यक सूचना, सेवा तथा व्यवसाय व्यवस्थापनसम्बन्धी सुविधा उपलब्ध गराउने लक्ष्य रहेको छ,’ अध्यक्ष सुनारले भने।
सार्वजनिक गरिएको वेबसाइट तथा मोबाइल एपमार्फत सदस्य व्यवसायीहरूले सुन तथा चाँदीको दैनिक बजार मूल्य, महासंघका सूचना तथा परिपत्र, ऐन, नियम तथा निर्देशिका, कार्यक्रमसम्बन्धी जानकारी, संस्थागत तथा व्यवसाय व्यवस्थापनसँग सम्बन्धित सेवा तथा अन्य आवश्यक सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्ने जनाइएको छ। यस डिजिटल प्रणालीले व्यवसाय सञ्चालनलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने महासंघको विश्वास रहेको छ।
भौतिक तथा अनलाइन माध्यमबाट महासंघमा आबद्ध सदस्य संघका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूले वेबसाइट र एपको उपयोगिता तथा आगामी दिनमा थप सेवा-सुविधा समावेश गर्नुपर्ने विषयमा रचनात्मक सुझाव दिएका थिए।
कार्यक्रमको समापनमा महासंघका प्रथम उपाध्यक्ष द्वारिका विश्वकर्माले धन्यवाद ज्ञापन गर्दै महासंघले सञ्चालनमा ल्याएको वेबसाइट तथा मोबाइल एपको अधिकतम उपयोग गरी सुनचाँदी तथा आभूषण व्यवसायलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी तथा प्रविधिमैत्री बनाउन सम्पूर्ण व्यवसायीलाई आग्रह गरे। महासंघका महासचिव निर बहादुर विश्वकर्माका अनुसार आगामी दिनमा पनि सूचना प्रविधिको अधिकतम उपयोगमार्फत सुनचाँदी तथा आभूषण व्यवसायलाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानलाई निरन्तरता दिइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण