जापानको टोकियो क्षेत्रमा विद्युत् र पानी वितरण अवरुद्ध
एजेन्सी-जापानको टोकियो नजिककैका झण्डै चार लाख २० हजार घरमा विद्युत् र पानी वितरण सेवा बन्द भएको छ । बुधबार बिहानै तुफान आएकाले बेलुकासम्म पनि विद्युत् र पानी वितरण सेवा अवरुद्ध भएको विद्युत् कम्पनीले जनाएको छ ।
छिमेकी कानाङ्वा प्रान्तमा जानीजानी विद्युत् सेवा काटेको बेला (ब्ल्याक आउट) जस्तो अनुभव भएको स्थानीयले बताएका छन् । चिबा, टोकियो र शिजुओका प्रान्तमा गर्मी बढेर औसतमा ३० डिग्री सेल्सियस पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
त्यस क्षेत्रका २४ हजार ९०० घरहरुमा स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजेसम्म पानी नआएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । विद्युत् सेवा नभएको बेला लु लागेर दुई जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले जनाएअनुसार मृत्यु हुनेमा ९३ वर्षीय एक जना महिला र ६५ वर्षीय पुरुष रहेका छन् ।
वातावरण ठीक नभएकै कारणले उनीहरुको मृत्यु भएको हुनसक्ने धेरैको भनाइ छ । वृद्ध पुरुषको मृत्यु भएको बेला उनी भएको ठाउँमा ३५ डिग्री सेल्सियस तापक्रम थियो । स्वास्थ्य मन्त्रालयले प्रभावित क्षेत्रका ६२ जना अस्पतालमा भर्ना भएको जनाएको छ । विद्युत् सेवा कटौतीका कारण ३७ जनालाई मात्रै उपचार सेवा उपलब्ध गराउन सकिएको मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण