जीवन बिमा गर्नेलाई खुसीको खबर, बोनस दर बढ्ने
बिहीबार, २६ भदौ २०७६, १७ : २१
१
जीवन बिमा गर्नेलाई खुसीको खबर छ । अबदेखि जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने भएको छ । बिमा समितिले बिमकको बिमाङ्कीय निर्देशिका जारी गर्दै जीवन बिमा गर्नेहरुको बोनसदर बढ्ने व्यवस्था गरेको हो ।
निर्देशिकामा भएको व्यवस्था अनुसार बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार जजीवन बिमा व्यवसायमा भएको बचत (कर्मचारीलाई बोनस छुट्याउनु अगाडि) को घटीमा नब्बे प्रतिशत रकम बिमालेख लिनेको कोषमा सार्नुपर्नेछ ।
समितिमा पेश हुन आएको बिमाङ्कीय प्रतिवेदनको आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बिमा लेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्नेछ ।
यस्तै समितिबाट स्वीकृत बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार बिमितलाई प्रदान गरिने मुनाफा दर मुनाफा अवधिको शुरु मिति देखि नै लागू गर्नु पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण