विमानस्थलबाटै एलेन गुरुङ अपहरण, चारजना पक्राउ
बिहीबार, २६ भदौ २०७६, २० : १०
१
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कदा एलेन गुरुङ अपहरणमा परेका छन् । कास्की जिल्ला घर भएका एलेन गुरुङ एयरपोर्ट बाहिरिने क्रममा अपहरणमा परेका हुन् ।
उनलाई सिन्धुपाल्चोकका दिनेश लामासहित चारजनाको समूहले अपहरण गरेको हो । अपहरण परेको सूचना पाएसँगै गुरुङ र चारजना अपहरणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीले बताए ।
कालीमाटी वृतका प्रमुख एवं डीएसपी रुगम कुवँरको खटिएको टोलीले अपहरणकारीलाई सोल्टीमोड मार्गनजिकै रहेको हङग्री एण्ड फुडअन्तरा क्याफेबाट पक्राउ गरेको हो ।
एलेन गुरुङ भद्रपुरबाट काठमाडौं आएका थिए । उनीहरुबीच आर्थिक कारोबार रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण